फेसबुक र ट्विटरमा प्रहरीको निगरानी, जथाभावी लेख्नेलाई पाँच वर्ष जेल सजायँ हुने
२०७२ भदौ १४
रुपन्देही, १४ भदौ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले केही सामाजिक सञ्जाल प्रयोगकर्ताले जारी आन्दोलनबारे गलत सूचना तथा सामाजिक सद्भाव बिथोलिने खालका विचारहरु सामाजिक सञ्जालमा
पछिल्लो समय खासगरी सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर, ब्लगस्पोट लगायत)मा नक्कली आइडी बनाई साम्प्रदायिक सद्भाव भड्काउने र भयभित बनाउने खालका सामग्री पोस्ट भइरहेको प्रहरीले जनाएको छ । रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र ढकालले प्रहरी प्रधान कार्यालयसँग समन्वय गरी अनुसन्धान गरिरहेको बताउनुभयो ।
प्रहरी प्रधान कार्यालयले सामाजिक सञ्जालको गतिविधि निगरानी गर्न अलग्गै युनिट तयार गरेको छ । सामाजिक सञ्जालमा शान्ति सुरक्षा र सामाजिक सद्भावमा खलल पु¥याउने खालका कुनै किसिमको तस्बिरहरु सेयर, कमेन्ट तथा स्टेटस पोस्ट गरे त्यसलाई साइबर अपराधअन्तर्गत मुद्दा चलाउन सकिने व्यवस्था छ ।
जिल्लामा यसरी सामाजिक सद्भाव बिथोल्ने र उत्तेजित पार्ने सामग्री पोस्ट गर्ने केही सामाजिक सञ्जालको सूची तयार गरी प्रहरीले अनुसन्धान सुरु गरेको प्रहरीको भनाइ रहको छ । उक्त मुद्दा लागेमा रु एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था ऐनले गरेको छ । रासस
dainiknepal
0 comments
Write Down Your Responses