यो वर्षको अन्तिममा विवाह गर्दै सलमान !
(एजेन्सी) बलिवुडका दबंग सलमान खानको विवाहको चर्चा धेरैनै चल्ने गरेको छ । त्यही भएर उनको नाम कहिले कुन नायिका त कहिले कुन मोडलसँग जोडिरहेको हुन्छ । आफ्ना समकक्षी सबै नायक–नायिकाहरु विवाह बन्धनमा बाँधी रहेको बेला सलमानले अहिलेसम्म पनि उनले विवाह गरेका छन् । उनलाई प्रेम र विवाहको मामिलामा भाग्यमानी नरहेको पनि भनिन्छ ।
यत्रो समयसम्म विवाहलाई टाल्दै आएका सलमान अहिले आएर आफैले विवाह गर्ने संकेत दिएका छन् । उनले भने, ‘अब छिटै मेरो जीवनमा केही परिवर्तन आउँछ ।’ ४८ वर्षीय सलमानले एक कार्यक्रममा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै आफ्नो नयाँ प्रेमिका रोमनियाका मोडल लुलिया भान्टुरसँग यस वर्षको अन्त्यमा विवाह गर्ने संकेत दिएका हुन् । उनका अनुसार उनी अब एक्लै बस्न थोकेका छन् । ‘मेरा बाबु पठान, आमा हिन्दु, दोस्रो आमा क्याथोलिक, मेरो ज्वाईं पञ्जावी र अब म बाहिरबाट ल्याउने सोच्दैछु ।’
सलमान लुलियालाई आजभोली धेरै संगै देखिने गरिएको छ । उनीहरुलाई पारिवारिक डिनरदेखि चलचित्रको सुटिङमा पनि सँगै देखिने गरिएको छ । लुलिया सलमानको ज्वाईं अतुल अग्निहोत्रीको नयाँ चलचित्रमा आइटम डान्स पनि गर्दै छिन् । सुत्रका अनुसार सलमानले उनका लागि आफ्नो घर नजिकै घर पनि किनिदिएका छन् ।
0 comments
Write Down Your Responses