पारसले सौता ल्याउने डरले हिमानी तनाबमा; पारसलाई मनाउन बैङकक जाँदै
काठमाडौं। पुर्व युवराज्ञी हिमानी शाहलाई नपुग्दो केहि छैन तर पनि उनी यतिखेर तनावमा देखिने गरेकी छन्। यो तनाव अरु कसैका कारण नभएर आफ्नै पति पारस शाहका कारण भएको हो। थाइल्याण्डमा रहेका पारस शाह नेपाल फर्कन चाहेका छन भने साथमा आफ्नी प्रेमीका सँगै लिएर आउन चाहेका छन्। त्यसैले हिमानी तनवमा छिन। विगत साढे तीन वर्ष देखि बैककमा बस्दै आएका पुर्व युवराज पारसले काठमाडौ फर्कदा प्रेमिकालाई पनि संगै ल्याएने सन्देश काठमाडौमा पठाए पछि हिमानी यस्तो तनामबा परेकी हुन्।
आफ्नी प्रेमिकालाई नेपालमा ल्याउन जिद्धी गर्दै आएका पारसलाई त्यसो नगर्न मनाउन उनी आफै बैङकक जाने भएकी छन। विगतमा पनि उनी यसरी दुइ तीन पटक बैकक गइसकेकी छन्। आगामि चैतमा हिमानी फेरि बैकक जाने भएकी हुन्। पारसलाई सम्झाउन आफूले नसके पछि हिमानीले मामा किशोर विक्रम सिहलाई पनि एक पटक बैकक पठाइसकेकी छन्। तर पारस भने प्रेमिकलाई छोडने पक्षमा देखिएका छैनन।
उता,हिमानी कुनै पनि हालतमा पारसकी प्रेमिकालाई संगसंगै काठमाडौमा ल्याउन नदिने वातावराण बनाउन लागेकी छन्। पारसले प्रेमिकालाई संगसंगै काठमाडौ ल्याएमा कान्छी ल्याएको सन्देश जाने डर उनीलाई छ। त्यसैले हिमानी पारसलाई सम्झाउन आफै बैङकक जाने भएकी हुन।
पारसका आमा बुवा भने पारस मुटुको विरामी भएकाले पारसलाई जबरजस्ती गर्ने पक्षमा छैनन्। पारसलाई सम्झाएरै प्रेमिकाबाट अलग गराउने पक्षमा पारसका आमा बाबु रहेका छन्। पारस भने सुख दुखमा साथ दिएको भन्दै प्रेमिकाबाट टाढा हुन खोजेका छैनन् भने तत्काल नेपाल फर्कन चाहेका छन। उनले आफू नेपाल फर्कन चाहेको सन्देश काठमाडौमा रहेको आफनो परिवार र केही निकट साथीहरुालई बारम्बार दिइरहेका छन्। उनको परिावारले पनि पारसलाई नेपाल फर्काउन तयार भएको स्रोतको भनाइ छ। उनलाई नेपाल ल्याउन उनको अभिभावक बैङकक जाने भएको छ। उनको पार्सपोर्ट अहिले बैङकक प्रहरीसंग छ। परिवारको मान्छेले जिम्मा लिएपछि मात्रै उनलाई सुधार गृहबाट नेपाल फर्काउने क्रममा प्रहरीले पासपोर्ट फर्काउनेछ। त्यसैले परिवारको उप्थितिविना उनलाई नेपाल फर्कन असजिलो भएका कारण पनि उनले परिवारलाई सन्देश पठाइरहेका छन। पारसका अभिभावक बैंङकका गएमा अभिभावको जिम्मेवारीमा बैङकक प्रहरीले पारसको पासर्पोट उनको अभिभावकलाई दिने भएको छ।
पारस बैंङककमा विरामी भएर सन्चो भए पछि नै नेपाल फर्कन चाहेका थिए। तर अस्पतालबाट डिस्चार्ज हुने वित्तिकै पुनस्थापर्नामा बस्नु परेपछि त्यतीखेर उनी स्वदेश फर्कन सम्भव भएको थिएन। अब उनको उपचार पुर्ण रुपमा सकिएको बताइएको छ।
उपचार केन्द्रमा उपचार सकिए पछि उनी पुन बैङक बस्न थालेका छन। कहिले भने उनी फुकेटमा बस्ने गरेको स्रोतको भनाइ छ। बैङकमा उनलाई उनकी प्रेमीकाले छोडेकी छैनन्। अहिले पनि उनकी प्रेमिकाले उनीको स्याहार गरीरहेको स्रोतको भनाइ छ। काठमाडौमा रहेका केही साथीहरुसंग पनि अहिले उनी नियमित सम्पर्कमा छन्। केही साथीहरु उनलाई भेटन भनेर नै बैकक जाने गरेका छन्। हिमानी पनि पारस विरामी भए यता दुइ पटक बैङकक गइसकेकी छिन्। पारस विरामी हुनु भन्दा पहिले सुनिल खडकाको घरमा बस्ने गरेका थिए तर उपचारबाट फर्के पछि खडकाको घरमा बसेका छैनन् ।
पारसले आफनी प्रेमिलाई समेत स्वदेश ल्याउन चाहन्छन तर काठमाडौमा उनको परिवारले भने प्रेमिकालाई काठमाडौमा ल्याउन निषेध गरेका छन। पारसले काठमाडौ फर्के पछि समाजसेवा गर्ने चाहना राखेका छन्। बैंङककमा रहेका उनले आफना नेपाली साथीहरुलाई नेपाल फर्के पछि समाजसेवा गर्ने चाहना रहेको बताएका छन।‘अब उहको चाहना नेपालमै बस्ने र समाज सेवा गर्ने रहेको छ’उनको एक साथीले भने।
0 comments
Write Down Your Responses