जापानमा एक नेपालीको मृत्यु
फागुन टोकियो । जापानमा खानाखाने क्रममा बेहोस भएर एक नेपालीको मृत्यु भएको छ ।
टोकियो ताकादानाबाबा नजिकै तोरीचुकासेईमा साथीसँग खाना खाँदै गर्दा अचानक बेहोस भएका सोलु नेचाका फणिन्द्र प्रसाद शर्माको मृत्यु भएको हो ।
अचानक बेहोस भएका उनलाई एम्बुलेन्समा राखी निशी सिन्जुकु अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको हो ।
कुक भिषामा जापान आएका शर्मा हाल श्रीमतीको साथमा जापानको योकोहामा गुमीयोजी शहरमा बस्दै आएका थिए ।
0 comments
Write Down Your Responses