कम्पनीको लापरबाहीका कारण श्रमीक काफ्लेको मृत्यु भएको ठहर

शुक्रबार, फागुन ३०, नयाँ दिल्ली । सार्प ग्लोबल लिमिटेड, भिवाडी, जिल्ला अलवर, राजस्थानमा विगत ७ वर्षदेखि कार्यरत त्रिवेणी वडा नं. ५, घुम्सुङ, जिल्ला पर्वत निवासी गोपाल काफ्ले, २५ को एकसातापूर्व निधन भएको शव सफदरगंज हस्पिटल, नयाँ दिल्लीबाट बुझिएको छ।

पिताम्बर काफ्लेका छोरा गोपालमाथिको निर्भरता बृद्ध आमा, डेढ महिनाकी छोरीसहित श्रीमती खैसरा काफ्लेको थियो।

झण्डै ३ वर्षयता पक्का श्रमिकको रुपमा कार्यरत गोपाललाई अनिच्छाका वावजुद २६ जनवरी, रातको ओभर टाइम ड्युटी लगाइएको थियो । कार्यस्थलमा रहेको बिस्फोटक पदार्थ पाइप फुटेर बाहिर आयो। यसले तुरुन्तै भयंकर ठूलो आगोको रुप लियो आगोको पहिल्यै हुरहुँराउदै दन्केको लप्काले गोपाललाई समात्यो। ऐया–आत्था गोपालले बच्नका लागि कराउने चिच्याउँने र गुहार माग्ने प्रयत्न गरे । कसैको ध्यान पुगेन । तत्काल आगोभन्दा बाहिरसम्म कसरी कसरी आफै पुगे । फ्याक्ट्रीमा हल्लाखल्ला भयो । उत्पात मच्चियो ।

सनसनीपूर्ण माहौल बन्यो । ७०–७२ जना नेपाली श्रमिकहरु समेत कार्यरत रहेको यस फ्याक्ट्रीमा जलेको शरीरमा एकदमै गलेका गोपालप्रति फ्याक्ट्री मालिक वा आधिकारिक व्यक्तिहरुमध्ये कसैको पनि जिम्मेवारपूर्ण उपस्थिति भएन । तत्काल बचावका लागि कहींकतै लगिएन । श्रमिकहरुले आफूले कमाएको पारिश्रमिकबाट आपदविपदका बखतमा उपचारका लागि ई. एस. आई. नामको उपचारकोषमा न्युनतम शुल्क राखिएको हुन्छ । श्रमिकलाई यस्तो बेलामा यही लैजानुपर्ने उसको पहिलो कर्तव्य हुन्छ । ई.एस.आई. ले नसक्ने अवस्थामा कुनै सरकारीमा अस्पतालमा रिफर गर्ने गरिन्छ । तर, गोपाललाई कुनै ई. एस. आई. पनि लगिएन्।

ई. एस. आई. को आधिकारिकतामार्फत कुनै राम्रो सरकारी अस्पताल लैजाने काम गरिएन । गोपालको होसचेत गुम्दै जानेक्रममा फ्याक्ट्री मालिकको आदेशानुसार नयाँ दिल्लीस्थित सफदरगंज हस्पिटलमा बेबारिसेजस्तो अवस्थामा भर्ती गराइयो । भर्ती उपरान्त कुनै साथ, सहयोग, सेवा नपाएका गोपालको ७ मार्च मध्यान्ह निधन भयो ।

जीउँदो जाग्दो हुँदा गोपाल सबै ठीक र सधैं ठीक हुने तर ड्युटी कार्यावधिमै यस्तो घटना घट्दा फ्याक्ट्री प्रशासन, मालिक वा अन्य कुनैले सामान्य चासोसमेत नदिने÷नगर्ने, कति दर्दनाक अवस्था चित्रित भयो होला यहाँ ? कसैले पनि सहजै अनुमान गर्न सकिन्छ ।

‘कुछ जला हुआ अवस्था में पाया गया, अप्राकृतिक मौत’ भनेर सबै प्रकारका कृते कागजात तयार गर्ने फ्याक्ट्री मालिक र यसको प्रशासनको एकदमै नग्न एवम् गैरजिम्मेवारपन, मौनता र मैनेजरमार्फत धम्कीपूर्ण अभिव्यक्ति देखेर मानवीय समवेदनाको अभाव र सहहृदयीताको फडेरी प्रकट भएको प्रस्ट हुन्छ । भारतीय कानून अनुसार एफ. आई. आर. रिपोर्ट समेत नगराएर बसेको फ्याक्ट्री मालिक, यसको प्रशासन स्थानीय पुलिस बलसँग मिलेर पोस्टमार्डम गराउन नचाहेको र हस्पिटलले पनि पोस्टमार्डम अनिवार्य छैन भन्ने तर्क अघि सारेको अवस्था आफैमा अर्को रहस्यको विषय बनेको छ ।

प्रवासी नेपाली संघ भारतको तर्फबाट केन्द्रीय सदस्य गोपाल थापाको अग्रसरतामा कमसेकम मानवीय मूल्य स्थापित हुनुपर्ने भन्दै दवाव सिर्जना गर्न बोलाइनुभएका विभिन्न जिम्मेवार व्यक्तिहरु, मिडिया र मिडियाकर्मी, नेपाली राजदूताबासलगायतको शक्ति मिलेर मृतशैयामा देखिएका गोपालको हृदय बिदारक शवको पोस्टमार्डमपछि आजै साँझ निगमबोध घाट, यमुना किनार, नयाँ दिल्लीमा विधि एवम् परम्परा अनुसार अन्तिम संस्कार भएको छ । मृतकका सहोदर दाजु, ससुरा बुबा, नातेदार भाईलगायत घरगाउँ छरछिमेकका दर्जनौं जम्मा भएर मृतकप्रति शोक, श्रद्धा र समवेदना प्रकट गर्ने काम भएको संगठनका स्थानीय नेता काशीनाथ न्यौपानेले जानकारी दिनुभयो ।
बाबुराम थापा

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.