बेपत्ता मलेसीयाली बिमान अब हिन्द महासागरमा खोजीनेँ
,
मलेसीयन एयरलाईन्सको बेपत्ता बिमानको खोजी पश्चिमको हिन्द महासागरमा पनि शुरु गरीएको छ । अधिकारीहरुका अनुसार बिमान खोज्न अमेरीकाले बिध्वंसक पोत, यूएसएस किडसहित आँफ्नो नौसेना मलेसीयाको पश्चिमी तटतर्फ पठाएको छ । हिंद महासागरमा अनुसन्धान टोली खटाउनुको अर्थ बिमान रहेको कुनै प्रमाण भेटीएर भन्ने नलगाउन एक अमेरीकी अधिकारीले स्पष्ट पारेका छन् ।
सम्पर्कबिहिन भएको केहि घण्टासम्म पनि बिमानले स्याटेलाईटमार्फत जानकारी पठाईरहेको समाचार अमेरीकी सञ्चारमाध्यममा सार्बजनिक भईरहेका बेला अमेरीकी टोली हिंख महासागरमा खोजबीनमा जुट्नुलाई अर्थपूर्ण रुपमा हेरीएको छ । तर अमेरीकी दाबिको भनेँ आधिकारीक पुष्टि भनेँ अहिलेसम्म हुन सकेको छैन ।
ह्वाईटहाउसमा प्रवक्ता जे कार्नीले बिशुद्ध सहयोगको निति लिएर आँफूहरुले बिशेष टोली खटाएको बताउँदै खासमा के भएको हो त्यो पत्ता लगाउन अमेरीका उत्सुक रहेको बताए । गत शनिवार मलेसीयाको राजधानी क्वालालम्पुरबाट चीनको राजधानी बेईजिङ्गका लागी उडेको बिमान केहि घण्टापछि नै बेपत्ता भएको थियो । बिमानमा २ सय ३९ जना यात्रु सवार थिए ।–बिबिसिको सहयोगमा watch video
0 comments
Write Down Your Responses