कसरी बनाउने आफुलाई स्लिम के ? तपाइ हरु लाई पनि स्लिम बनु छ छ भने यहो पढनुस
तौल घटाइसकेपछि सबभन्दा गाह्रो भनेको त्यसलाई कायम राख्नु हो । यहाँ सेपमा नै रहिरन मद्दत गर्ने चार कुराहरु दिइएका छन् जसलाई अपनाउँदा तपाईंलाई फाइदा पुर्याउने छ ।
धेरै बेरसम्म नबस्नुहोस्
तपाईं राम्रो सेपमा नै हुनुहुन्छ भने पनि दैनिक रुपमा व्यायामको लागि आफ्नो समय छुट्याउनुहोस् । तौल घटाउनको लागि प्रयोग गर्नुभएको व्यायाम नै तपाईंले अपनाउनुपर्छ भन्ने छैन तर, केहि न केहि व्यायामले तपाईंलाई सेपमा राख्ने पक्का छ ।
फास्ट फुड खान छोडिदिनुस्
तौल घट्नेबित्तिकै आफूलाई मन लागेको सबैकुरा खान हुन्छ भन्ने भ्रमलाई हटाइदिनुस् । दैनिक आफूले के कुरा खाइरहेको छु भन्ने कुरा याद गरिरहनुपर्छ । चिल्लो खानेकुरा धेरै नखानुहोस् । फास्ट फुड खान छोडिदिनुभयो भने यसले तपाईंलाई राम्रो सेपमा रहिरहन मद्दत गर्दछ ।
सोडा नखानुहोस्
डाइट ड्रिङ्क्स र सोडाले तपाईंलाई मोटो बनाउँछ । त्यसको सट्टा ताजा फलफूलको जुस खानुहोस् । आफ्नो उद्देश्य के हो त्यसलाई याद राख्नुहोस् र खान हुँदैन भन्ने कुरा नखानुहोस् !
0 comments
Write Down Your Responses