कति बढ्ला कर्मचारीको तलब ?
जेठ १३ गते
काठमाडौं । सरकार बजेटको तयारीमा जुटेपछि कर्मचारीको ध्यान तलबमा केन्द्रित भएको छ ।
कर्मचारी संगठनका नेताहरू मात्र होइन सिनियर निजामती कर्मचारी, प्रहरी, सैनिक, शिक्षकहरूको समेत यतिबेला तलबबृद्धिको लबिङमा लागेका छन् । हरेक वर्ष बजेटको समयमा तलब बढाउनका लागि कर्मचारीहरूलाई दौडधुपमा लाग्ने गरेका छन् । यस वर्ष पनि सरकारले कर्मचारीको तलब बढाउने बताइसकेको छ । तर कति बढाउने भन्ने विषयमा भने तय भएको छैन ।
गत वर्ष सरकारले सबै कर्मचारीलाई एक हजार रुपैयाँ महंगी भत्ता बढाउने निर्णय गरेको थियो । यसअघि प्रतिशतमा बढाउँदा ठूला कर्मचारीको धेरै तथा तल्ला कर्मचारीको कम मात्र तलब बढ्यो । जुन महंगीको बढ्दो दरसँग मिल्दैन थियो । यसपटक पनि प्रतिशतमा भन्दा सरकारले समान रुपमा महंगी भत्ता बढाउनुपर्ने कर्मचारीविद्हरू बताउँछन् ।
कर्मचारी संगठनहरूले तलब दोब्बर बनाउनुपर्ने माग हरेक वर्ष राख्ने गरेका छन् । तर यो वर्ष पनि गत वर्षकै हाराहारीमा महंगी भत्ता दिने तयारी भइरहेको स्रोत बताउँछ । उता सहसचिवहरूको आन्दोलनका कारण कर्मचारी प्रशासन अस्तव्यस्त बन्न पुगेको छ । न्याय तथा कानुन समूहका कर्मचारीलाई पनि सचिव बढुवामा प्रशासनतर्फकै जस्तै गरी मूल्याङकन गरिने प्रावधानविरुद्ध सहसचिवहरू आन्दोलनमा उत्रिएका छन् । हाल मन्त्रिपरिषद्को विधेयक समितिमा रहेको निजामती ऐनको मस्यौदामा त्यस्तो प्रावधान छ । सरकारले त्यस्तो प्रावधान हटाउन खोजेपछि कानुन मन्त्रालयले सहमति नदिएपछि विवाद चर्किएको हो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
0 comments
Write Down Your Responses