मलेसियामा एक नेपालीको मृत्यु

जेठ २८ ,क्वालालम्पुर । रोजगारीको शिलशिलामा मलेसिया पुगेका एक नेपाली कामदारको मृत्यु भएको छ ।

रोजगारिको लागि ९ महिना अघि मलेसिया जोहोरस्थित जेसिवाई कम्पनीमा आएका नेपाली कामदार २८ वर्षिय निश्चल राईको मृत्यु भएको हो ।

सुनसरी बाराहा क्षेत्र ७, चियाबारी घर भएका राई काठमाण्डौको ईन्टरनेसनल मेनपावरबाट रोजगारीको लागि मलेसिया उँडेका थिए । गत शनिबार कामबाट होस्टेलमा फर्किएर खानाखाई सुतेका राई आईतवार बिहान सुतिरहेको अवस्थामा मृत भेटिएका थिए ।

उनको शवलाई पोष्टमाटमको लागि जोहोरको कुलाई अस्पतालमा राखिएको छ भने शव नेपाल पठाउने विषयमा पहल भइरहेको छ । शव नेपाल पठाउन लाग्ने सम्पूर्ण खर्च उनी कार्यरत कम्पनीले व्यहोर्ने मृतकका साथि रामेश राईले जानकारी दिएका छन् ।

.nepalsandesh भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.