हकिमुल्लाको बदला लिन पाकिस्तानको विमानस्थल आक्रमण, २६ को मृत्यु
जेष्ठ-२७, कराँची । गए राती पाकिस्तानको कराची स्थित जिन्ना इंटरनेशनल एयरपोर्टमा भएको आतंककारी हमलालाई पछिल्लो बर्ष नोभेम्बरमा अमेरिकी ड्रोन हमलामा मारिएका तहरीक-ए-तालिबान पाकिस्तानका चीफ हकीमुल्लाको मृत्युको बदलाको रुपमा हेरिएको छ । यो दावी गर्दै आतंककारी संगठन तहरीक-ए-तालिबान पाकिस्तानले उक्त घटनाको जिम्मेवारी लिएको छ ।
तहरीक-ए-तालिबान पाकिस्तानका प्रवक्ता शहीदुल्ला शाहिदले बताए अनुसार हकीमुल्ला महसूदको ड्रोन हमलामा भएको मृत्युको बदला लिनकै लागि कराची एयरपोर्टमा हमला गरिएको हो । उनले चुनौती दिंदै भनेका छन् - यो सुरुवात मात्र हो, हकीमुल्लाको मृत्युको बदलामा यस्तै धेरै घटना घटाउने छौं ।'
हिंजो राति पाकिस्तानको कराचीमा रहेको जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा आतंकवादी आक्रमण हुँदा २४ जनाको ज्यान गएको थियो । ज्यान गुमाउनेमा १० जना आक्रमणकारी सहित २६ जना मारिएका थिए ।
एयरपोर्ट सुरक्षा फौजको नक्कली परिचय पत्र लिएर एयरपोर्ट भित्र प्रवेश गरेका आक्रमणकारीले इन्जिनियरिङ विभागबाट आक्रमण शुरु गरेका थिए । सेनाले विमानस्थलबाट तीन वटा रकेट लन्चर, ५ वटा आत्मघाती ज्याकेट, १५ वटा पेट्रोल बम र ५ वटा एसएमजी बरामद गरेको जनाएको छ । (एजेन्सीको सहयोगमा)
0 comments
Write Down Your Responses