श्रीमती मोटी भएकै कारण सम्बन्धविच्छेद गर्न नसकिनेः अदालत

नयाँ दिल्ली (एजेन्सी)– श्रीमतीको तौल बढि भएका कारण सम्बन्धविच्छेदको माग गरिरहेका एक पुरुषको उजुरी खारेज गर्दै मुम्बई हाई कोर्टले सम्बन्धविच्छेदका लागि धेरै तौल आधार हुन नसक्ने बताएको छ । श्रीमानले सम्बन्धविच्छेद माग्नु परेको कारणमा उल्लेख गरिए अनुसार विवाह गर्नुभन्दा पहिले श्रीमतीले स्तनको शल्यक्रिया गरेको कुरा लुकाएको जसका कारण उनको तौलमा निकै वृद्धि भएको हो । श्रीमतीको over weightसमस्याका कारण श्रीमानले वैवाहिक जीवनको आनन्द लिन नसकेको श्रीमानको उजुरी छ । तौल वृद्धि भएको कारण थाहा पाउन र उपचार गर्नका लागि डाक्टरकोमा जान उनको आग्रहलाई श्रीमतीले नकारेपछि अन्त्यमा सम्बन्धविच्छेद नै गर्नुपरेको उजुरीमा उल्लेख छ । श्रीमान भन्छन्, ‘मेरी श्रीमती घरको काम कहिले पनि गर्दिनथिन् जसका कारण घरको काम सबै मैले नै गर्नुपर्दथ्यो । श्रीमती भएको नाताले उनले कहिले पनि मेरो इच्छा पुराइनन् । ’ श्रीमानको उजुरीमा श्रीमतीको तौल बढि भएको कुरा मात्र उल्लेख छ र यो कुरा सम्बन्धविच्छेदको आधार हुन नसक्ने न्यायाधिस एम उस सोनाक र ए एस ओकाको संयुक्त इजलासले बताएको छ ।

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.