सासू बुहारीको झगडाले ज्यान लियो ।

८ असार, काठमाडौं ।
सप्तरी जिल्लाको पुन्सेरा ६ बस्ने २६ वर्षीया नागिना साहले झुन्डिएर आत्महत्या गरेकी छिन् ।
सासु र बुहारीबीचको घरायसी झगडा भएपछि उनले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

मृतकका श्रीमान् शत्रुधन साह र सासु सुमित्रा शाहलाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै अर्को घटनामा ललितपुरमा एक महिलाले आत्महत्या गरेकी छिन् ।
पाठेघर सम्वन्धि विरामी भई उपचारको लागि राजधानी आएकी एक अधवैंशेले आत्महत्या गरेकी हुन् । रुपन्देही घर भएकी  ज्ञानु थापा केही दिनदेखि ललितपुरमा आफ्नै भाईको डेरामा बसिरहेकी थिइन् ।

३८ वर्षीया थापाले कोठाको सिलिङको झुण्डिर आत्महत्या गरेकी हुन् । आत्महत्याको कारण अहिलेसम्म खुल्न सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.