कांग्रेसलाई घेराबन्दीमा पारियोः पौडेल

चितवन, असार ३– काँग्रेस उपसभापति रामचन्द्र पौडेलले पार्टीलाई सबैतिरबाट धेराबन्दीमा पार्ने काम भइरहेको दाबी गरेका छन् ।
ramchandra paudelचितवनको भरतपुरमा  आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले संसदीय प्रणाली अङ्गिकार गर्न नदिन काँग्रेसलाई घेराबन्दी गर्नेकार्य भइरहेको भन्दै काँग्रेस आफ्नो अडानबाट कहिल्यै विचलित नहुने बताए ।ramchandra paudel
उनले विपछिलाई साम्यवादी र अधिनायकवादीको संज्ञा दिदै सधैँ उनीहरुले समस्या जन्माउने र समाधान गर्न नदिने गरेको आरोप लगाए । उनले सबैखाले गतिरोध उनीहरुबाटै उत्पन्न भएको दाबी गरे ।
उपसभापति पौडेलले लोकतान्त्रिक संविधान बन्ने पक्कापक्की भएको बताउँदै अबको ठूलो दायित्व काँग्रेसको काँधमा आएको छ भने ।
सभापति सुशील कोइरालाले अमेरिका जानुअघि सुकुम्बासी आयोग गठन गरेर गएको भन्दै उपसभापति पौडेलले सुकुम्बासी र किसानको समस्या काँग्रेसले जति कसैले नबुझेको दाबी गरे ।
कार्यक्रममा उनले े चितवन क्षेत्र नं ४ मा आफ्ना उम्मेदवार रामकृष्ण घिमिरेलाई भारी मतले निर्वाचित गर्न समेत आग्रह गरे ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.