नेपाल यात्राबारे के भनिन् सेलेना गोमेजले ?
युनिसेफको सद्भावना दूतको रुपमा उनी गत मेमा नेपाल आएकी थिइन्। दुई वर्षदेखि सद्भावना दूतका रुपमा धेरै ठाउँ घुमेकी उनले नेपाल यात्रा अरुभन्दा भिन्न रहेको प्रतिक्रिया दिएकी छिन्। नेपाल पुगेपछि मैले थाहा पाएँ, म फोकाको जीवन बाँचिरहेको रहेछु,’ उनले केही भावुक हुँदै भनेकी छिन्, ‘जब मान्छेहरु फोनमा झुन्डिरहेको हुन्थे, आफ्नो दैनिकीको बारेमा सोचिरहेका हुन्थे। त्यस्तो देख्दा यस्तो लाग्थ्यो, हामीमाथि आकाश होइन्, छानो छ।
तर त्यहि बेला मैले यस्तो ठाउँ घुमे, जहाँ बच्चाहरु शौचालयको लागि आफ्नो अभिभावकलाई गुहारिरहेका थिए।’ सेलेनाले नेपालको यो यथार्थता आफ्नो फ्यानले पनि थाहा पाउनुपर्ने आशय व्यक्त गरेकी छिन्। ‘मेरा फ्यानहरुलाई अहिले नेपाल कहाँ पर्छ भन्ने थाहा छ। सायद पहिले थिएन्। मलाई पनि थाहा थिएन। यो उनीहरुका लागि सिकाइ हो,’ उनले भनेकी छिन्। सेलेनाले भ्रमणबाट आफूलाई प्रेरणा मिलेको पनि बताइन्।
0 comments
Write Down Your Responses