पेट्रोलमा इथानोल मिसाउने निगमको तयारी
३ असार, काठमाडौं ।
नेपाल आयल निगमले पेट्रोलमा १० प्रतिशत इथानोल मिसाएर विक्रीविततरण गर्ने तयारी थालेको छ ।
स्वदेशी उद्योगको प्रर्वद्धन, वातावरणमैत्री इन्धनको प्रयोग, आयात प्रतिस्थापन तथा पेट्रोलको घाटा कम गर्ने उद्धेश्यले त्यस्तो तयारी थालेको निगम प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले जानकारी दिएको समाचार आर्थिक अभियान दैनिकमा छ ।
‘पेट्रोलमा इथानोल मिसाउने र मूल्य स्थिरीकरण कोष संचालनमा ल्याउने विषयलाई योजना आयोगले स्वीकृति प्रदान गरिसकेको जानकारी पाएका छौं ’उनले भने ‘आगामी बजेटले यसलाई सम्बोधन गर्ने विश्वास छ।’
यस अघि सरकारले २०६० सालमै पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउनुपर्ने बाध्यकारी निर्णय गरेको थियो । नेपालमा हाल दैनिक ३ लाख लिटर पेट्रोल खपत हुने अनुमान छ । प्रचलित मूल्यअनुसार वार्षिक १४ अर्ब, २३ करोड रुपैयाँको पेट्रोल खपत हुन्छ ।
त्यसअनुसार पेट्रोलमा १० प्रतिशत इथानोल मिसाएमा वार्षिक १ अर्ब ४३ करोड रुपैयाँबराबरको पेट्रोल आयात कम हुन्छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
0 comments
Write Down Your Responses