ब्रेकिङ : `हिम्मतवाली` प्रदर्शनमा रोक
आश्विन १४, मंगलवार
काठमाण्डौ उपत्यकामा शुक्रबार मात्र फिल्म रिलिज गर्ने प्राबधान रहेकाले भोली बुधवार रिलिज हुन लागेको 'हिम्मतवाली'को रिलिज रोक्न बिकास बोर्डले चलचित्र संघसहित उपत्यकाका सबै हललाई पत्र काटेको हो ।
नेपाल चलचित्र निर्माता संघ र चलचित्र संघबिच २०६० साल श्रावण २३ गते सम्झौता पत्रको बुँदा नम्बर ९ मा 'काठमाण्डौ उपत्यकामा नयाँँ स्वदेशी फिल्मको प्रदर्शन गर्दा अनिवार्य रूपमा शुक्रबार मात्र गर्नुपर्ने' लेखिएको छ । सोही सम्झौता पत्र अनुसार सञ्चार मन्त्रालयले चलचित्र बिकास बोर्डलाई सम्झौता कार्यान्वयन गर्न आदेश दिएपछि बोर्डले यस्तो कदम चालेको हो ।
चलचित्र बिकास बोर्डले हललाई 'हिम्मतवाली' रिलिज नगर्न आदेश दिएपछि भोली काठमाण्डौका कुनैपनि हलमा रेखा थापा अभिनित तथा निर्देशित यो फिल्म रिलिज हुनेछैन । यदि कुनै हलले रिलिज गरेको खण्डमा कानुन अनुसारको कार्वाही हुने बोर्डले जनाएको छ । काठमाण्डौ उपत्यका बाहिर भने यो फिल्म भोली बुधवार नै लाग्नेछ । बोर्डले काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालय तथा डिजिटल सिनेमा नेपाल र क्यूब सर्भर गोपीकृष्ण मुभिज प्रालीलाई समेत बोधार्थ पत्र पठाएको छ ।
यता गत आईतवार बसेको निर्माता संघको कार्यसमिती बैठकले पनि शुक्रबारबाहेक अन्य दिन कथामाण्डौमा फिल्म रिलिज गर्न नपाईने निर्णय गरेको थियो । आफ्नो निर्णयलाई लिएर निर्माता संघले 'हिम्मतवाली' रिलिज गर्न नदिन पहल गरेको बुझिएको छ ।
0 comments
Write Down Your Responses