चरी काण्ड फेरी बल्जियो ..मन्त्रि पाण्डेको बिजोग ..
एमाले नेता समेत रहेका मन्त्री पाण्डे जापान आउँदा गत साउनमा प्रहरीको गोली लागेर मारिएका ‘डन’ दिनेश अधिकारी ‘चरी’ का दाजु केशव अधिकारीले एमाले धादिङ क्षेत्र नं. १ का पूर्व उपाध्यक्ष समेत रहेका चरीको हत्याको निष्पक्ष छानविन नभएको भन्दै भ्रमणको कडा विरोध गर्ने जनाएका छन् ।
उनले अधिकारीको गैरन्यायिक हत्या गरेर राज्यले दबाउन खोजेको आरोप लगाउँदै जापानमा कुनै पनि कार्यक्रम गर्न नदिने भन्दै तत्काल छानविन समिति गठन गरी सत्यतथ्य सार्वजनिक गर्न पनि उनले माग गरेका छन् ।
अधिकारीले हत्याको विरोधमा विमानस्थलमा नै कालोझण्डा देखाएर विरोध गर्ने र कुनैपनि कार्यक्रम मन्त्रीको उपस्थितमा हुन नदिने यल्लेख गर्दै जबरजस्ती गरे प्रतिकार गर्ने चेतावनी दिएका छन् ।
यता परराष्ट्रमन्त्री पाण्डेको भ्रमणलाई लक्षित गर्दै एमाले निकट प्रवासी संगठन नेपाली मञ्चले मन्त्री पाण्डेसँग समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । बिदेशमा रहेका नेपालीहरु बढ्दै गरेको विषयमा छलफल गरिने जनाइएको छ ।
यसै साता जापान आउने मन्त्री पाण्डेसँग प्रवासी संगठन नेपाली मन्च जापानले ‘आर्थिक रुपान्तरणका लागि प्रवाशी नेपालीहरुको भूमिका’ विषयमा अन्तरक्रिया र बडादशैको अवसरमा शुभकामना आदानप्रदान तथा चियानपान कार्यक्रम आयोजना गर्न लागेको हो ।
मन्त्री पाण्डेको भ्रमणको समय पारेर अक्टोबर ७ तारिखका दिन आयोजना हुने कार्यक्रममा सहभागी हुन आयोजकले आग्रह समेत गरेको छ ।
0 comments
Write Down Your Responses