काठमाडौँमा मेट्रो रेल सञ्चालन हुने

भारतको राजधानी नयाँ दिल्ली भ्रमणको क्रममा जाँदा होस् वा युरोपेली मुलुकको यात्रामा जाँदा मेट्रो रेल पक्कै चढ्नुभएको छ होला ।
त्यस्तै मेट्रो चढ्ने सपना आगामी केही वर्षभित्रै पूरा हुने भएको छ । सरल सहज एवम् सस्तो यात्राका लागि विदेशी मुलुकमा लोकप्रिय त्यसप्रकारको रेल सञ्जाल विस्तारका लागि लगानी बोर्डले प्रक्रिया अगाडि बढाएको छ ।
metro-rail
आधुनिक सहरको विशेषताका रूपमा पछिल्लो दिनमा मेट्रो रेलको विकास गर्ने र त्यसलाई सञ्चालन गर्ने प्रचलन बढ्दै गएको छ ।
विदेशी मुलुकमा विगत केही वर्षदेखि सञ्चालनमा आएको मेट्रो रेल हाम्रै मुलुकमा पनि आगामी केही वर्षभित्र सञ्चालनमा ल्याउने गरी तयारी गरिएको छ ।
काठमाडौँ उपत्यकाभित्रको बढ्दो जनघनत्व र सार्वजनिक सवारी साधनमा देखिएको विकृतिलाई रोक्नका लागि रेल सञ्जालको विकास गर्न लागिएको बोर्डले जनाएको छ ।
राजधानीवासीलाई सरल र सहज रूपमा यात्रा गर्ने वातावरण बनाउने ध्येयका साथ निर्माण गरिने रेल सञ्जालको हाल सम्भाव्यता अध्ययनको काम भइरहेको छ ।
काठमाडौँ उपत्यकाका तीनवटै सहरलाई मेट्रो सञ्जालमा जोड्ने र भरपर्दो यातायात सुविधा दिने लक्ष्य राखिएको छ ।
यस्तै चक्रपथभित्र चारवटा रेडियल लाइनका आधारमा रेल सञ्जाल विस्तार गर्ने लक्ष्य राखिएको छ ।
हाल अध्ययन भइरहेको कलङ्की सिनामङ्गलको दूरी ९.३ किलोमिटर, कोटेश्वर गोङ्गबु ९.४ किलोमिटर, सातदोबाटो नारायणगोपाल चोक ११.५ किलोमिटर र बल्खु चाबहिल ८.४ किलोमिटर हुने देखिएको छ ।
चक्रपथबाहेकको अन्य चारवटै सञ्जालको केन्द्रबिन्दु भने जमललाई बनाइने छ ।
सकेसम्म काठमाडौँ, भक्तपुर, ललितपुरलाई नै रेल सञ्जालमा जोड्ने गरी अध्ययन भइरहेको छ । सम्भाव्यता अध्ययनको काम कोरियाली कम्पनी चुङसुक इन्जिनियरिङले सन् २०१२ को नोभेम्बरदेखि गरिरहेको छ ।
काठमाडौँ मेट्रो नाम दिइएको उक्त रेल सञ्जाल आगामी पाँच वर्षभित्र सञ्चालनमा ल्याउने बोर्डले लक्ष्य राखेको छ ।
व्यवस्थापिका–संसद्अन्तर्गतको वातावरण समितिमा बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले काठमाडौँ उपत्यकाभित्रको प्रदूषण न्यूनीकरणका लागि मेट्रो अत्यावश्यक रहेको बताउनुभएको थियो ।
उहाँले काठमाडौँमा बढ्दो जनसङ्ख्याको चापलाई थेग्न र वातावरण प्रदूषण रोक्ने उत्तम विकल्पका रूपमा भूमिगत मेट्रो उत्तम हुने र त्यसका लागि आवश्यक सहयोग गर्नसमेत आग्रह गर्नुभएको थियो ।
अनुमानित लागत रु पाँच खर्ब ४७ अर्ब लाग्ने मेट्रो निर्माणका लागि विभिन्न विदेशी निर्माणकर्ताले चासो देखाएको छ ।
हाल उक्त परियोजनाका सम्बन्धमा स्वदेशी लगानीकर्ताको समूह मेट्रो नेपाल प्रालिसँग विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा समावेश गर्ने विषयका बारेमा छलफल भइरहेको छ ।

सबै अध्ययन प्रक्रिया सम्पन्न गरेर लगानी जुटाउनका लागि बोर्ड लागिपर्ने कार्यकारी अधिकृत पन्तको भनाइ छ । रासस
nepaliheadlines.com

,

1 comments

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक

Write Down Your Responses

Powered by Blogger.