तपाई पत्याउनु हुन्न ७ बर्षिया बालिकाको मुखमा के भेटियो

मुख दुख्यो भनेर उपचार गर्न दन्त चिकिदत्सककोमा जाँदा एउटी सानी बालिकाको मुखबाट २०२ वटा दाँत निकालिएको छ । भारतस्थित गुडगाउ क्षेत्रमा बस्ने ति बालिकाले दाँत दुख्यो भनि भनेपछि समस्या पत्ता लगाउन दन्त चिकिदत्सककोमा लगिएको थियो।
Dentist-adjusting-lamp-in-officeदन्त चिकित्सक अपरेशन को तयारिको लागि ल्याम्प मिलाउदै
एक्स-रे गरेर हेर्दा ति वालिका कम्पाउण्ड ओडोनटोमा (Compound odontoma) नामक एउटा जटिल ट्युमर बाट ग्रसित थिइन, जुन डेन्टल टिस्यु (Dental Tissue) को अनियमित बृध्दिबाट हुनजान्छ ।

ति अनावश्यक दाँतहरु निकाल्नको लागि ति सात वर्षियाले दुइ घण्टाको अपरेसन कटाएकी थिइन । डा. अजोए रोयचौधरि, जो अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्ससंग संम्बधछन्, उने भने, "यति सानो वालिकाको मुखमा यस्तो जटिल अवस्था पैदा हुनु आफैमा आश्चर्यजनक कुरा हो ।"
उनले भने, "सामान्यतया केहि असामान्य दाँतहरु भेटिनु सामान्य कुरा हो । तर सात वर्षको बालिकामा २०२ वटा तेस्ता दाँतहरु भेटिदा हाम्रो प्रमुख काम नै ति दाँतहरु अपरेसनद्भरा फाल्नु नै भएको थियो ।"
PAY-202-teeth-removedअपरेशन गरेर झिकिएका २०२ दाँतहरु
उनको भनाइ अनुसार उक्त अपरेसन सजिलो भएतापनि अत्यन्त नाजुक गल्तिले पनि बङ्गारा फ्र्याक्चर हुने डर हुने र सधैको लागि नै बङ्गारा वरिपरिको आकृतिनै बिग्रने डर थियो तर त्यो हुन पाएन।
अपरेसन पछी, उक्त बालिका जसको नाम सार्वजनिक गरिएको छैन, उनि खाना चपाउन र खान पहिले भन्दा धेरै नै सजिलो भएको बताएकि थिइन ।
/nepaliheadlines.com

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.