सिके राउत पुनः प्रहरी नियन्त्रणमा

CK Raut arrest
File Photo
काठमाडौं, मंसीर १० – विशेष अदालतमा ५० हजार धरौटी तिरेर रिहा भएका डा.सिके राउतलाई पुनः प्रहरीले नियन्त्रणमा लिएको छ ।

राज्य विप्लवको मुद्दामा थुनामा रहेका राउतलाई विशेष अदालतले ५० हजार धरौटीमा रिहा गरेको थियो तर सार्क सम्मेलनको सुरक्षालाई चुनौती दिन खुल्ला मञ्चमा आज १२ बजे आमसभा गर्ने तयारी गरिरहेको बेला सुन्धाराबाट उनलाई नियन्त्रणमा लिएको सिके राउत बचाउ अभियानका संयोजक प्रहरी नियन्त्रणमै रहेका विनय पंजियारले रातोपाटीलाई बताए ।

पंजियारका अनुसार सुन्धारामा कार्यक्रमको तयारी गरिरहेको बेला राउतसहित अन्य कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएका हुन् । कार्यकर्तालाई हनुमानढोका तथा विशालबजार प्रहरी बीटमा राखिएको उनले बताए । राउतलाई कहाँ राखिएको पत्ता लगाउन नसकिएको पनि पंनियारले फोन गरेर रातोपाटीलाई बताए ।

यता, प्रहरी परिसर हनुमानढोका एसएसपी उत्तम कार्कीले राउतलाई नियन्त्रणमा नलिएको बताए । अरुले होहल्ला गरेको कारण सुरक्षाको दृष्टिले नियन्त्रणमा लिएको हुनसक्छ तर राउतलाई नियन्त्रणमा नलिएको उनले बताए ।
ratopati.com

,

0 comments

Write Down Your Responses

Powered by Blogger.