कैलालीको अवस्था फेरि तनावग्रस्त, पहाडी समुदाय थारु बस्तिमा पसे


मंगलबार, ८ भदौ
स्थानीय सूर्य नारायण चौधरीको तीन तले घरमा तोडफोड
कैलाली । कैलालीको अवस्था आज पनि तनाबग्रस्त बनेकाे छ ।
कैलालाीका पहाडी समुदाय आक्रोसित भएका छन् । पहाडी समुदायमा युवाहरुले प्रहरीले लगाएको कफर््यु तोड्दै प्रदर्शन गरेका छन् ।

स्थानिय महिला र युवाहरुका समुह थारु बस्तिमा पसेर तोड फोड गर्न सुरु गरेका छन् । स्थानिय सूर्य नारायण चौधरीको तीन तले घरमा तोड फोड गरिएको छ ।
प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनकालागि २ राउण्ड हवाई फायर समेत गरेको छ । हवाइ फायर गरेको प्रहरीले अवस्था गंभिर भए गोली समेत चलाउन सक्ने भन्दै माइकिङ गरिरहेको छ ।
टीकापुर अस्पतालमा राखिएको शवहरु नउठाउने भन्दै यस अघि विहानजै बाट अस्पताल क्षेत्रमा प्रदर्शन भइरहेको थियो । पतनै प्रदर्शनकारीहरु थारु वसस्तिमा पस्ने प्रयास गरिरहेका छन् ।  हिजो ८ जनाको हत्या भएसँगै सरकारले दंगाग्रस्त क्षेत्र घोषणा गर्दै सेनालाई खटाउने निर्णय गरेको थियो ।

,

1 comments

aabasyak pare hami pani aau6au, but tharu, dhoti harulai 6odna hudaina

Write Down Your Responses

Powered by Blogger.