नेपाली विद्यार्थी विश्वमै उत्कृष्ट
१२ भदौ, काठमाडौं । नेपाली विद्यार्थी सिर्जना भण्डारी गौतमले एसोसिएसन अफ चार्टर्ड सटिफाइड अकाउन्टेन्ट्स (एसीसीए)मा विश्वमै सबैभन्दा बढी अंक ल्याएर प्रथम भएकी छन् ।
लन्डनमा अध्ययनरत उनले २१ हजार तीन सय सात जना परीक्षार्थीलाई पछि पार्दै ८९ अंकका साथ प्रथम स्थान हासिल गर्न सफल भएकी हुन् ।
नतिजा सुनेपछि खुसी हुँदै उनले आफ्नो मेहनत, लगाव, परिवारको साथ र सहयोगले आफू सफल भएको बताइन् ।
सिर्जना अहिले लन्डनस्थित एक व्यवस्थापन कम्पनी ‘एम एण्ड जी’मा काम गर्दै आएकी छन् ।
0 comments
Write Down Your Responses