crime,
FEATURE
»
टीकापुर काण्ड: ७ जनालाई ज्यान मुद्धा, ३ जना रिहा
टीकापुर काण्ड: ७ जनालाई ज्यान मुद्धा, ३ जना रिहा
काठमाडौँ, ११ भदौ । टीकापुर घटनामा संलग्न अभियोगमा पक्राउ परेका १० जना मध्ये ७ जनालाई ज्यान मुद्धा दर्ता गरिने भएको छ भने ३ जनालाई रिहा गरिएको छ । ७ जनाले घटनामा आफ्नो संलग्नता भएको
स्वीकार गरेपछि मुद्धा चलाउने तयारी गरेको हो ।कैलाली मनुवा– १ कन्चनपुरका वर्ष २२ का दिलबहादुर चौधरी, वर्ष २८ का रामकुमार कठरिया, वर्ष २५ का राजकुमार कठरिया र २३ वर्षका सुन्दरलाल कठरिया छन् । त्यसै गरि जोशीपुर ४ का झवहीका ४४ वर्षका रामप्रसाद चौधरी, भजने त्रिशक्ति नगरपालिका ४ का वर्ष ४० का प्रेमबहादुर चौधरी, मनुवा गाविस ४ का २२ वर्षका हरिनारायण चौधरी रहेका छन् । उनीहरुलाई धनगढीस्थित जिल्ला अदालत लगेर बुधबार १० दिनको म्याद थप गरिएको थियो । सोमबारको घटनामा एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरीसहित १ बालकको ज्यान गएको थियो ।
0 comments
Write Down Your Responses