८०० फिटभन्दा बढी उचाईमा टाँगिएको डोरीमा हिँडेर विश्व रेकर्ड कायम
“सानो गल्तीले पनि ज्यान लिन सक्छ।”
केवल १ इन्च फराकिलो डोरी, जमीनबाट ४६९ मिटर (८०० फिट) को उचाई अनि ४०३ मिटरको दुरी भएको डोरीमा हिँडेर ‘नेथन पलिन’ले विश्व रेकर्ड कायम गरेका छन्।
यसरी हावामा टाँगिएको डोरीमा हिँड्ने खेललाई ‘हाइलाइनिङ्ग’ भनिन्छ र यो खेललाई सबैभन्दा खतरनाक खेल पनि मानिन्छ।
पलिनले सन् २०१५ जुन २६ मा फ्रान्सको ‘सिभेन्ने राष्ट्रिय निकुञ्ज’मा आयोजना भएको राष्ट्रिय खेलमा अझसम्मकै लामो (४०३ मिटर) हाइलिनिङ्ग गरेर विश्च रेकर्ड कायम गरेका हुन्।
तल दिइएको तस्विरहरूमा संसारकै सबैभन्दा साहसी महिला तथा पुरुष खेलाडीहरूले हेर्दै डरलाग्ने र सँधै उफ्रिरहने डोरीमा हिँड्दा आफ्नो शरीरलाई सन्तुलन गरेको दृश्यहरू देखाइएको छ।
पलिनले दुवै ‘हाइलाइन र स्ल्याकलाइन वाकिङ्ग’ walking मा विश्व रेकर्ड कायम गरेका छन्, जसमा उनले उफ्रिरहेको डोरीलाई प्रयोग गरेर विभिन्न प्रकारका ट्रिकहरूको प्रदर्शन गरेका थिए।
उनले गत वर्ष आफ्नो सन्तुलन खुबीलाई मङ्गोलियामा गएर पनि प्रदर्शन गरेका थिए। मङ्गोलियाको मरुभूमिबाट ६१० मिटर उचाईमा पनि उनले हाइलाइनिङ्ग गरेका थिए र विश्वभरी नै उसको चर्चा भएको थियो।
0 comments
Write Down Your Responses