बन्दकर्ताले तीनवटा गाडी जलाए,एकको मृत्यु



२०७२ साउन ३१ आईतवार



फोटो :फाइल फोटो
परासी : नवलपरासीको बासाबसहीमा बन्दकर्ताहरुले आज बिहान तीनवटा गाडी जलाएका छन् ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट–सुनवल सडकखण्डको तिलकपुरको तुलसीनगरमा बन्दकर्ताले दुईवटा ट्रक र एक पिकअप भ्यान जलाएका हुन् ।

बन्दकर्ताले ना३ख ६९२६ नं को ट्रक र बा१०च ३३१३ नंको पिकअप भ्यान र नम्बर नखुलेको एक ट्रकसहित तीनवटा गाडी जलाएका छन् । त्यसैगरी बन्दकै क्रममा गाडी पल्टिँदा नम्बर नखुलेको ट्रकका चालक रविलाल गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।


,

0 comments

Write Down Your Responses

Powered by Blogger.