"चलखेल सुरु" मोदीले फोन गरेर कोइरालालाई भने, 'भारत नेपालको सुरक्षाका लागि तयार छ '


मोदीले मंगलबार नेपालका प्रधानमन्त्री सुशिल कोइरालालाई टेलिफोन गरेर उक्त चासो व्यक्त गरेका हुन् । मोदी र सुशिल कोइरालाका बीचमा भएको टेलिफोन संवादपछि एक विज्ञप्ती जारी गर्दै भारतीय विदेश मन्त्रालयले दुई प्रमका बीचमा भएका कुराकानीबारे सार्वजनिक गरेको छ । सोही विज्ञप्तीमा मोदीले कोइरालालाई के के कुरा गरे भन्ने उल्लेख छ ।    मोदीले टेलिफोन बार्तामा कैलालीमा घटेको घटनाप्रति दुःख व्यक्त गरेको बताइएको छ । नेपाल सांस्कृतिक विविधता भएको देश भएकोले सबै पक्षसँग सदभाव कायम राख्न र हिंसा प्रयोग नगर्न सुझाएको बताइएको छ । साथै उनले वार्ताबाट समाधान निकाल्न र समाजका सबै तप्कालाई विश्वासमा लिन पनि अनुरोध गरेको बताइएको छ । साथै टेलिफोनमा मोदीले कोइरालालाई एक छिमेकीको नाताले नेपाललाई सुरक्षाका लागि आवश्यक पर्ने र आफूले सक्ने सबै काम गर्ने बताएको विज्ञप्तीमा जानकारी गराइएको छ ।    

यस्ताे छ प्रमद्वय मोदी र कोइरालाबीच भएको कुराकानीका आधारमा भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिको पूर्णपाठः  



प्रधानमन्त्रीको नेपाली समकक्षी सँग भएको टेलिफोन वार्ता    
अगस्त २५, २०१५  
प्रधानमन्त्री नरेन्द्र मोदीले आज नेपालका प्रधानमन्त्री सुशील कोइरालासँग टेलिफोन वार्ता गर्नु भएको छ।   प्रधानमन्त्री मोदीले नेपालमा भएको हिंसामा ज्यान केहीले ज्यान गुमाउनु परेकोमा दुःख व्यक्त गर्नुभयो र शोकाकुल परिवार र नेपाली जनताप्रति हार्दिक समबेदना व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री मोदीले राजनीतिक(सामाजिक अस्थिरता र भर्खरै भएको भूकम्पले समस्या जटिल बनाएको बताउनुभयो ।    प्रधानमन्त्री नरेन्द्र मोदीले संयमता अपनाउन र शान्ति(सुरक्षा कायम गर्न पनि आव्हान गर्नुभयो । उहाँले नेपाल सरकार, राजनीतिक दल र नेपाली जनतालाई हिंसाबाट मुक्त रहन र सामाजिक सद्भाव कायम राख्न पनि आवहान गर्नुभयो।        

उहाँले नेपालले शान्ति प्रक्रिया र संविधान लेखन कार्यमा प्राप्त गरेको ऐतिहासिक सफलताको प्रशंसा गर्नुभयो । उहाँले नेपालको राजनीतिक नेतृत्वले सम्पूर्ण महत्वपुर्ण मुद्धाहरु राजनीतिक दलबीच वार्ता  र सम्भव भए सबैसँग र सबै नेपाली जनतासँग वार्ता गरी समस्या समाधान गर्न पर्ने संदेश दोहोर्‍याउनुभयो । उहाँले समाजका सम्पूर्ण तप्कामा विस्वासको वातावरण निर्माण गर्न र उनीहरुबीच विश्वास निर्माण गर्न, जनचाहना प्रतिविम्बित हुने र विविधताको धनि समाजको सम्पूर्ण चाहना प्रतिविम्बित हुने र एकता, शान्तिपूर्ण र उन्नत नेपाल निर्माणका लागी आवश्यक भएको बताउनुभयो।      

 प्रधानमन्त्री मोदीले एक छिमेकीका रुपमा भारतले नेपालमा सुरक्षाका लागि आफूले सक्ने सम्पूर्ण काम गर्ने बताउनुभयो । प्रधानमन्त्री मोदीले शान्तिपूर्ण, सुरक्षित, स्थिर र उन्नत नेपाल हेर्ने भारतको एक मात्र चाहना रहेको बताउनुभयो । नेपालले उक्त कुरा देशको सामाजिक विविधता, श्रोत साधन र असाधारण प्रतिभाबाट सम्भव हुने बताउनुभयो ।  

उहाँले नेपाली जनताका चाहना र प्राथमिकता अनुसार नै भारतले नेपाललाई सहयोग निरन्तर गर्ने कुरा दोहर्‍याउनुभयो

,

0 comments

Write Down Your Responses

Powered by Blogger.