नेताकै कारण यसरी मारिए घैंटे
मंगलबार, ८ भदौ
काठमाडाैं । ‘त्यो घैंटेको नम्बर पत्ता लगाउ त यार त्यसलाई हान्नुप¥यो ।’ घैंटेलाई मात्र होइन दाई, चक्रेलाई एकैचोटी हानौं ।’
करिब दुई महिनाअघि लाजिम्पाटको एक रेष्टुरेन्टमा महानगरीय अपराध महाशाखाका दुई डिएसपीबीचको संवाद हो यो । त्यतिबेलादेखि नै काठमाडौंमा डनको इन्काउन्टरबारे तयारी प्रहरीले सुरु गरिसकेको थियो ।
तर दुई डिएसपीको सल्लाहअनुसार २ जना नभई घैंटेको गत बिहीबार बिहान ‘इन्काउन्टर’ मा मृत्यु भयो । त्यसो त घैंटेको इन्काउन्टरबारे पहिलेदेखि नै हल्ला भइसकेको थियो ।
तर, नेताहरुले केही गर्न नसक्ने भन्दै ढुक्क भएर हिंड्नु भन्दै संरक्षण दिएका थिए । एसएसपी सर्वेन्द्र खनालले आफूले जे भने त्यही मान्ने भन्दै नेताहरुले उनलाई सघाउँदै आए थिए ।
तीनै नेताको भर गर्दा घैंटे गत बिहीबार मारिएका हुन् । घैंटेका एक सहयोगी भन्छन्, ‘यदि नेताहरुले उनलाई भरोसा नदिएको भए उनी विदेश गइसक्थे, त्यस्तोघटना नै हुने थिएन, घैंटेको पैसामा मस्ती गर्ने नेताहरुको कारण उनी मारिएका हुन् ।’
उनको इन्काउन्टरको अर्को कारण भनेको प्रहरीसँगको उनको दुश्मनी हो । प्रहरीले तारेखमा बोलाउँदा उनी नेतालाई सँगै लिएर गई आफ्नो रवाफ देखाउँथे ।
नेताहरुकै संरक्षणमा प्रहरीलाई समेत धम्क्याउने गरेका थिए । अर्जुननरसिंह केसी, जगदिशनरसिंह केसी, गगन थापा, भिमसेनदास प्रधान, धनराज गुरुङजस्ता सभासदहरुसँग राम्रो दोस्ती भएपछि उनी आफूलाई प्रहरीले केही गर्न नसक्नेमा ढुक्क थिए । आजको दृष्टि साप्ताहिकमा समाचार छ ।
0 comments
Write Down Your Responses