राज्यकोषबाट तलब खाएर देशमा वितण्डा मच्चाउँदै हिड्ने चौधरीलाई कारबाही गर्न सामाजिक सञ्जाल मार्फत नेपाली नागरिकले सरकारलाई आग्रह
कैलालीको घटनाप्रति दुःख व्यक्त गर्दै देश विदेशमा रहेका नेपाली नागरिकले थारू कल्याणकारीणी सभाका अध्यक्ष धनिराम चौधरीलाई कारबाही गर्न माग गरेका छन्।
राज्यकोषबाट तलब खाएर देशमा वितण्डा मच्चाउँदै हिड्ने चौधरीलाई कारबाही गर्न सामाजिक सञ्जाल मार्फत नेपाली नागरिकले सरकारलाई आग्रह गरेका हुन्।
सरकारी कर्मचारीले सरकारलाई नै चुनौती दिँदै हिंशा भड्काउने खालका अभिव्यक्ति दिंदा समेत सरकारले कारबाही गर्न नसकेको भन्दै सरकारको समेत आलोचना गरेका छन्।
सरकारको आधिकारिक निकायमा कार्यरत ईन्जिनियर जस्तो व्यक्तिले जनताको काम गर्ने बेला जातीय सद्भाव भड्काउने खालको आन्दोलनमा सामेल हुनु गलत भएको भन्दै सर्वसाधारणले आक्रोश पोखेका छन्।
थारु कल्याणकारीणी सभाका अध्यक्ष र कैलालीको जातीय आन्दोलनको नेतृत्व गर्ने व्याक्ति एउटै भएकाले उनलाई कारबाही गरेर सामाजिक सद्भाव कायम गर्नुपर्ने आवाज उठ्न थालेको हो।
एउटा सरकारी कार्यालयको कर्मचारी सरकारकै विरुद्व हातहतियार सहित सडकमा उत्रन नपाईने सर्वसाधारणले बताएका छन्।
राज्यकोषको तलव खाएर आफ्नो कार्यालयमा काम नगरी देशमा वितण्डा मच्चाउंदै हिड्नेलाई सरकारले कारबाही गर्नुपर्छ।
तर कैलाली आन्दोलनको नेतृत्व गरेका धनिराम चौधरीले उल्टै सरकारलाई दोष लगाउँदै कैलालीमा भएको घटनाको जिम्मा सरकारले लिनुपर्छ भन्दै हिड्दा पनि सरकार मौन रहेको छ।
चौधरीले सरकार र राजनीतिक दलहरुको गलत रवैयाका कारण कैलालीको आन्दोलनमा घुसपैठ भएकाले घटना घटेको बताउँदै घटनाको सबै जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। चौधरीले उल्टै सरकारका र दलहरुप्रति आचलोचना गर्दा पनि सरकार मौन देखिनुले शान्ति सुरक्षाप्रति प्रश्न चिन्ह खडा भएको छ।
0 comments
Write Down Your Responses