डीआइजी गणेश राईले एसएसपी न्यौपानेलाई हतियार नबोक किन भने, मिलेमतोको आशंका






काठमाडौं, १० भदौ ।
कैलाली हत्याकाण्डमा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक गणेश राईको भूमिका सन्देहास्पद देखिएको छ । गत सोमबार जातिय राज्य माग गर्दै एकथरी मानिसले आक्रामक प्रदर्शन गर्न थालेपछि नेपाल प्रहरी भीड नियन्त्रणका निम्ति परिचालन हुँदै थियो ।


त्यसक्रममा कार्यविभाग सम्हालिरहेका एआईजीपी गणेश राईले एसएसपी लक्ष्मण न्यौपानेलाई बिनाहातहतियार आफँै फिल्डमा जान र सम्झाइबुझाई मात्र गर्न निर्देशन दिएको सुदूरपश्चिमाञ्चलको कमाण्ड सम्हालिरहेका डीआईजी रामकुमार खनालनिकटको सूत्रले जनाएको छ । हातहतियारसहित एसएसपी प्रदर्शन स्थलमा पुगका भए उनी बाँच्न सफल हुने ठानिएको छ ।

प्रदर्शनकारीहरु आक्रामक ढंगले अगाडि बढेको र उनीहरुसँग हातहतियारसमेत रहेको जानकारी गराउँदा गराउँदै पनि एआईजी राईले एसएसपीसमेतलाई बिना हातहतियार फल्डमा जान किन निर्देशन दिएका हुन् रहस्यको विषय बनेको छ ।
यसलाई रहस्यपूर्ण मानिनुको कारण गणेश राई एमाओवादी कोटमा परेर एआईजीपी बनेकाले मात्र होइन, एमाओवादी सैद्धान्तिक रुपले जातीय राज्यका पक्षमा रहनु, थारुहरुले चलाएको आन्दोलनप्रति एमाओवादीको साथ सहयोग हुनु र एमाओवोदी कोटाबाट एआईजीपी बनेका कार्य विभाग प्रमुख राईले एसएसपी तहका प्रहरी अधिकृतलाई बिनाहातहतियार फिल्डमा जान बाध्य तुल्याउनुले घटनालाई रहस्यपूर्ण बनाएको हो ।
सहमति समितिका सभापतिसमेत रहेका डा।बाबुराम भट्टराईले सामाजिक सञ्जालमार्फत थँरु आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै आन्दोलनलाई थप उचाइमा पु¥याउन आह्वान गर्दै थिए ।
प्रहरीले बल प्रयोग गर्दा आन्दोलन शिथिल हुने चिन्ता एमाओवादीका नेताहरुमा थियो, त्यसैले उनीहरु बल प्रयोग नहोस् भन्ने चाहन्थे । माओवादीको चाहनाभन्दा फरक आदेश एआईजीपी गणेश राईबाट नजानुले स्थितिलाई अर्थपूर्ण बनाएको हो । कैलाली घटनाले नेपालीहरु कतिसम्म अमानवीय हुन्छन् भन्ने सन्देश विश्वव्यापी रुपमा दिएको खबर घटना र विचारमा छापिएको छ ।

,

3 comments

Bishwale Aja nepalka tharu bhanne jati haru atibadi terrorist IsIs bhanda pani amanabiya hudarahechhan bhanne kura duniya video haru spread bhairaheka chhan kyabat ukasne pashu neta haru khub gareu eshko paple ekdinta timeru pani Esto halatma dekhnu parnepo hoki aune din ke thaha.

Bholi uo Railai ne same case huda nee aayukta sab chupchab marna deu bhane!!!!!?

karta je justobhayan karak kharab rajnaiti paripati ho jaska birudha aam nepali yek bhayara uthnu parchha.nyaya ra samanta ka lagi ladnu parchha.

Write Down Your Responses

Powered by Blogger.