अन्नपूर्ण पोस्ट्को कार्यालयमा आक्रमण






२०७२ भाद्र ३ बिहीवार

पत्रकार महासंघबाट घट्‍नाको छानबिन र दोषीमाथि कारबाहीको माग
काठमाडौं : राष्ट्रिय दैनिक अन्नपूर्ण पोस्ट्को तीनकुनेस्थित कार्यालय कर्पोरेट टावरमा आक्रमण भएको छ। बुधबार राति एक समूहले अन्नपूर्ण कार्यालय रहेको भवनको अगाडितर्फको सिसा फुटाएका छन् ।


सुरक्षागार्डका अनुसार करिब साढे नौ बजे चारपाँच जनाको समूहमा आएका उनीहरुले एक्कासी ढुंगा प्रहार गरेर भागेका थिए। प्रहरीले घटनास्थलको निरीक्षण गरेर क्षतिको विवरणसहित मुचुल्का तयार गरेको छ।


तीनकुनेस्थित महानगरीय प्रहरी वृत्तका प्रमुख दानबहादुर कार्कीले घटनाबारे प्रारम्भिक जानकारी लिने काम भएको र आक्रमणमा संलग्न व्यक्तिहरुको खोजी भइरहेको बताए। आक्रमणबाट भवनको अगाडितर्फको भागमा ठूलो प्वाल परेको छ। शिसाका टुक्राहरु कार्यालयभित्र छरिएका थिए।


अाक्रमणबाट फुटेका शीसाका टुक्राहरु अन्नपूर्ण कार्यलयभित्र
रातको समयमा बजार विभागमा कर्मचारी कोही नभएकोले कसैलाई केही नभएको कार्यालयले जनाएको छ। थप आक्रमणको धम्की दिइएकोले अन्नपूर्ण कार्यालयमा सुरक्षाका लागि प्रहरी खटिएको छ। नेपाल पत्रकार महासंघ अन्‍नपूर्ण शाखाले घट्‌नाको निन्दा गर्दै छानबिन र दोषीमाथि कारबाहीको माग गरेको छ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.