कैलाली घटनामा को को चुके ? यस कारण भएको थियो टिकापुर घटना





प्रयास पराजुली । काठमाडौं ।

आन्दोलनको क्रममा कहाँ र कतिखेर घटनाले हिंसात्मक मोड लिन्छ भन्न सकिन्न । पुर्व अनुमानहरु कहिलेकाही फेल खान पनि सक्छन । उखान नै छ–स्यालको शिकार गर्न जादा बाघ मार्ने औजार बोक्नु ।’ कुनै पनि घटनालाई कमजोर नठान्नू र आफ्नो पूर्व तयार गरेर बस्नु ।


को हुन् कैलाली घटनाका मुख्य योजनाकार चौधरी ?

नागरिकलाई शान्ति सुरक्षा दिने दायित्व र कर्तव्य सरकारको हो । समाजमा अमन चयन काम राख्ने प्रहरीको हो । तर कैलालीको टिकापुरमा समाजमा शान्ति सुरक्षा कामय गराउने र नागरिकको जिऊ धनको रक्षा गर्ने प्रहरीमाथि आन्दोलकारीले विभत्स हत्या गरे । देश र जनताको सेवा गर्ने कसम खाएका प्रहरीमाथि निकै निर्मम र मानवता विरोधी घटना घटाइयो । संघीताको सीमाकनप्रति देशका विभिन्न क्षेत्रहरुमा आन्दोलन बढ्दै गएपछि सीमित स्रोत र साधानको कारण प्रहरीलाई आन्दोलनकारी भीड थेक्न सहज थिएन र छैन ।


सुर्खेतमा प्रहरीको गोली लागेर आन्दोलनकारीको मृत्यु भएपछि संसदमा सभासदहरुले गृह मन्त्री वामदेव गौतम माथि औला ठडयाए । आन्दोलनको क्रममा प्रहरीले चलाएको गाली लागेर मृत्यु हुने, घाइते हुने, सभासदले संसदमा प्रश्न उठाउने र गृहमन्त्रीले जवाफ दिने यो श्रङखला झण्डै एक सातासम्म चल्यो । अन्ततः भदौ सात गते कैलालीको टिकापुरमा एसएसपी सहित आठ जनाको आन्दोलनकारीहरुले निर्मम हत्या गरे ।

को को हुन् कैलाली घटनाका शुत्राधार, यी नेता घटनापछि गायव छन्

कैलालीको टिकापुर घटनामा प्रहरी मुख्यालय कार्य महाशाखाले जारी गरेको सञ्चार पनि एउटा कारण देखिएको छ । भलै घटनामा कसको कति कमजोरी भयो भन्ने विषय छानबिन समितिले सत्य तथ्य सार्वजनिक गर्ला । तर प्रहरीले जारी गरेको सञ्चारमा आन्दोलनकारीको बीचमा निशस्त्र प्रहरीले सयमता अपनाउदा कैलाली नरसंहार हुन पुगेको चर्चा प्रहरी मुख्यालमा चलेको छ । महाशाखाले पठाएको सञ्चारले नै प्रहरीमाथि ठूलो क्षति भएको देखिन्छ, एक उच्च प्रहरी अधिकृत भन्छन–आन्दोलन नापजाँच गरेर त हुँदैन, आफ्नो तयारी त प्रहरीले गर्नु पर्दथ्यो त्यसमा चुक्न पुगेको देखिन्छ ।’ उनका अनुसार घटनामा संलग्न हुनेमाथि कारवाही हुनुपर्छ तर यो भन्दैमा प्रहरीबाट हुन पुगेको गल्तीलाई पनि सच्याउन ढिला गर्न हुँदैन ।


आन्दोलनकारी माथि प्रहरी दमन भएको भन्दै संसदमा गृह मन्त्री वामदेव गौतमको चर्को आलोचना भयो । त्यसपछि गृह मन्त्री गौतमले प्रहरीका प्रमुखलाई बोलाएर दमन कम गर्न र संयमता अपनाउन निर्देशन दिए । लगत्तै प्रहरीले प्रहरी मुख्यालको कार्य महाशाखाले भदौ २ गते देभरका प्रहरी कार्यालयमा सूचना जारी गर्‍यो ।

वर्षमान पुन र जनार्दन शर्माले कैलाली घटना गराएका हुन्ः योगेश भट्टराई

महाशाखाले पठाएको सञ्चार सिरियल नम्बर ३५७८ मा प्रहरी जवानलाई लाठी अश्रुंग्यास बाहेक हतियार बोक्न नदिनु, जुनियर प्रहरी अधिकृतले मात्र हतियार बोक्नू तर चलाउ नै परे त्यसको औचित्य पुष्टि हुने गरी मात्र चलाउनु भन्ने उल्लेख गरिएको एक प्रहरी अधिकृत बताउंछन् । उनका अनुसार सीमांकनका विषयलाई लिएर देशभर विभिन्न भागमा असन्तुष्ट पक्षबाट हुँदै आएको विरोध प्रदर्शन तथा अराजक गतिविधिबाट विषम परिस्थित उत्पन्न भइ बल प्रयोग गनुपर्ने अवस्था आए प्रहरी जवानले लाठी र अश्रुग्यास मात्र प्रयोग गर्न, जुनियर प्रहरी अधिकृतिले हतियार प्रयोग गर्नुपर्ने अवस्था आए कमाण्डरको प्रत्यक्ष निर्देशन र निगारनीमा भिड नियन्त्रणको सिद्धान्त अनुसार पुष्टयाइँ हुने ढंगबाट बल प्रयोग गर्नु गराउनू, भनिएको थियो ।



महाशाखाले पठाएको सञ्चारको पालना गर्दा एससपी न्यौपाने सहित प्रहरी निरीक्षकद्धय बलराम विष्ट र केशब बोहराले ज्यान गुमाउनु पर्‍यो ती अधिकारीले भने । यति मात्र होइन महाशाखाबाट जारी सञ्चारमा औचित्य पुष्टि गर्ने प्रमाण संकलन गर्नुपर्ने, बल प्रयोग गर्नु अघि र भइसकेपछिको प्रमाणका लागि तस्बीर र भिडियो खिचेर राख्नु पर्ने जनाइएको छ । प्रहरीको सञ्चार कार्य महाशाखाको निर्देशनले नै प्रहरीमाथि आन्दोलनकारीले सहज रुपमा घटना घटाउन सफल भएको प्रहरीभित्र नै चर्चाको विषय बन्न पुगेको छ ।

गृह मन्त्री–नेपाल प्रहरीबीचको द्धन्द्ध
गृह मन्त्री वामदेव गौतमले शसस्त्र प्रहरी बललाई पक्राउ पुर्जी दिने निर्णय गर्न सफल भएपछि नेपाल प्रहरी र गृह मन्त्रीको बीचको सम्बन्ध राम्रो छैन । स्वयम गृह मन्त्रीले नै प्रहरीले आफूलाई सलाम नठोको भन्नेसम्मको आक्रोश व्यक्त गर्दै आएका थिए । गृह मन्त्री गौतमले विवादित निर्णय गरेपछि नेपाल प्रहरी असन्तुष्ट बनेको छ । गृहमन्त्रीले अनावश्यक रुपमा प्रहरीमाथि राजनीति गरेको गुनासो पनि प्रहरीबाट आउने गरेको छ । गृह मन्त्रीले नै एउटा संगठनलाई काखा र अर्को संगठनलाई पाखा गर्न थालेपछि थुप्रै प्रश्नहरु उब्जिएका छन् ।


आन्दोलनको क्रममा प्रहरीले अनावश्यक हस्तक्षप गरेको भन्ने दबाब गृह मन्त्रीले खेप्नु पर्‍यो । परिस्थितको मुल्याङकन नै नगरी प्रहरी प्रमुखलाई गृहमन्त्रीले प्रहरीले सहेर भएपनि दमन नगर्ने नीति अनुसार अगाडि बढ्न निर्देशन दिएको एक उच्च प्रहरी अधिकृतको दावी छ । उनका अनुसार नमानौ गृह मन्त्रीका आदेश मानौ बर्दी मात्र लगाएर आन्दोलन नियन्त्रण गर्ने कुरा पानीमा आगो लगाउनेजस्तै थियो । आदेश पालना गर्दा जनयुद्धमा भन्दा पनि ठूलो क्षति प्रहरी संगठनले बेहोर्नु परेको बताउंदै ती अधिकारी भन्छन–‘राजनीतिको भुङग्रोमा हाम्रा सहकर्मीहरुले अनाहकमा ज्यान गुमाउनु पर्‍यो ।’ महाशाखाले देश भर जारी गरेको सञ्चार गृह मन्त्रीकै निर्देशन बमोजिम भएको प्रहरी अधिकृतको दावी छ ।

शसस्त्र प्रहरी माथि प्रश्न
कैलालीको टिकापुर घटनाले थुप्रै प्रश्न जन्माएको छ । सरकार, गृह मन्त्रालय, नेपाल प्रहरी,राष्ट्रिय अनुसन्धान विभागमाथि त प्रश्न छदै छ । त्यस भन्दा पनि बढी एसएसपी न्यौपानेलाई शसस्त्र प्रहरीकै अगाडि खुडा र ढुङगाले हान्दा समेत फायर नखोल्ने शसस्त्र प्रहरीमाथि प्रश्नै प्रश्न तेर्सिएको छ । आन्दोलनकारीले लखेटी लखेटी मार्ने अवस्था आएपछि एसएसपी लक्ष्मण न्यौपानले सँगै रहेका शसस्त्र प्रहरीलाई निर्देशन दिए–फायर खोल्नुहोस मैले फायर खोले अब आदेश पर्खनु पदैन भन्दा पनि माथिको आदेश छैन भन्दै शसस्त्र प्रहरीले फायर खोल्न नमानेनको एसएपीका अंगरक्षक मानबहादुर बुढाले बताइसकेका छन् ।

आन्दोलनकारीले प्रहरीलाई घेरबन्दी गरेर लखेटी लखेटी एसएसपी सहित ८ सुरक्षाकर्मी र एक नाबालकको हत्या गरे । यति ठूलो मानविय क्षतिको पछाडि के कारण थियो भन्ने चासो र चिन्ता सबै छ । कैलाली घटनामा आन्दोलनकारी त दोषी छन नै यता परिस्थितिको मुल्याङकन गरेर अगाडि बढ्न नसक्ने शसस्त्र प्रहरी माथि पनि प्रश्न उब्जाएको छ । बुढामगर भन्छन–शसस्त्र प्रहरीले गोली चलाएको भए आक्रमणकारी तितरवितर हुन्थे सापको उद्दार गर्न सकिन्थ्यो ।’ एसएसपीको मात्र होइन आफ्नै सहकर्मीलाई आन्दोनकारीले मार्दा समेत गोली नचलाउने शसस्त्र प्रहरीको क्रियाकलापले स्थानीय आक्रोशित छन् । शसस्त्र प्रहरीका अंगरक्षक रामविहारी चौधरी, प्रहरी जवान लक्ष्मण खड्का र लोकेन्द्र चन्दको हत्या हुँदा समेत शसस्त्रका जवान गोली चलाउने आदेश नपाउनुले ठूलै प्रश्न जन्माएको छ । एसएसपीलाई स्थानीय सीता बर्माको घरबाट थुतेर निर्मम रुपमा भाला र ढुङगा हानिरदा पनि शसस्त्र प्रहरीले फायर नखोल्नुको कारण के थियो ?

कैलाली घटनाबाट सिक्नु पर्ने पाठ
आन्दोलनको क्रममा हुने हुद दंगा कसैको निणयन्त्रमा हुँदैन । आन्दोलनलाई नियन्त्रणमा लिने प्रमुख जिम्मेवारी सरकारको हो । प्रहरीले कानुन अनुसार आफ्नो स्टेप चाल्दै आन्दोलनमा निणयन्त्रमा लिने र समाजमा शान्ति सुरक्षा गर्ने काम गर्ने हो । कैलालीको टिकापुरमा अपत्यारिलो घटना घटन पुग्यो । टिकापुर घटना नियोजित थियो कि आकास्मिक भन्ने विषय एउटा पाटो हो । तर प्रहरीले पूर्व तयारी र सुरक्षा सतर्कता नअपनाउदा घटना घटेको देखिन्छ । जब प्रहरीमाथि चारैतिरबाट घेराबन्दी गरेर आक्रमण सुरु भयो तब प्रहरीसँग भएको लाठीहरु बेकाम भए । अश्रुग्यासले केही काम गरेन । फायर खोलौ हतियार विहीन अवस्था बन्न पुग्यो ।


यस्तो अवस्था अन्त्य गर्दै प्रहरीलाई उच्च मनोवलको साथ अगाडि बढाउनको लागि सरकारले प्रभावकारी नीति ल्याउनु पर्छ । प्रहरीमाथि हुने अनावश्यक राजीतिक करण बन्द गरिनु पर्छ । प्रहरीसँग हतियार नहुनु, आन्दोलनकारीको संख्या ठूलो हुनु र त्यसलाई नियन्त्रण गर्नको लागि प्रहरीको संख्या सानो हुनु, शसस्त्र प्रहरीले माथिको आदेश छैन भन्दै फायर नखोल्नु, प्रहरी प्रधान कार्यलयबाट प्रहरी जवानलाई लाठी र अश्रुग्यास बाहेक हतियार बोल्ने आदेश नदिनु कैलाली घटनाका कारण हुन् । कैलाली घटना जस्तै घटना अन्य क्षेत्रमा घटन नदिने विषयमा पनि सरकार चनाखो हुनुपर्छ । घटनामा संलग्न दोषीलाई कारवाही गर्ने काममा पनि राजनीतिक करण नहोस । किनकी कैलाली घटना मानता विरोध, निर्मम घटना हो । घटनामा संलग्न दोषीलाई कडा कारवाही हुनुपर्छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.