दोस्रो विश्वयुद्धदेखि बेपत्ता ‘सुनचाँदीले भरिएको रेल’ फेला पारेको दाबी
Published: August 20, 2015
पोल्याण्ड, भदौ ३ । पोल्याण्डमा दुई युवाले दोस्रो विश्वयुद्धको समयदेखि बेपत्ता एक रेल फेला पारेको दाबी गरेका छन् जसमा बहुमूल्य धातु रहेको बताइन्छ ।
सुन, चाँदी र हिरा जस्ता बहुमूल्य धातुले भरिएको सो रेल दोस्रो विश्वयुद्धका क्रममा सन् १९४५ मा बेपत्ता भएको थियो । उक्त रेल पोल्याण्डको मौजुदा सहर व्रोक्ला नजिकैबाट बेपत्ता भएको बताइन्छ ।
दक्षिण–पश्चिम पोल्याण्डको एक कानुनी फर्मसँग ती दुईजनाले हिरा तथा सुन–चाँदीले भरिएको रेल आफूहरुले फेला पारेको दाबी गरेको अधिकारीहरुको भनाई छ । उनीहरुले फेला परेको सम्पत्तिको १० प्रतिशत हिस्सा माग गरेको पनि बताइएको छ ।
मारिकाले भनिन्, ‘रेल फेला परेको भनिएको क्षेत्रमा यसअघि उत्खनन् भएको थिएन, त्यहाँ अरु के फेला पर्छ भन्ने हामी अहिले नै भन्न असमर्थ छौं ।’
वालब्रजिच क्षेत्रमाथि शोध गर्दै आएका इतिहासकार जोएना लेम्प्रास्काले रेडियो व्रोक्लासँग बताए अनुसार विश्वयुद्धका क्रममा एउटा रेल सुरुङमा बेपत्ता भएको थियो, जसमा सुन र अन्य खतरनाक पदार्थ राखिएको चर्चा थियो ।’ (एजेन्सी)
0 comments
Write Down Your Responses