भैरहवामा तनाव, गाडीमा आगजनी, अस्पतालमा तोडफोड
२०७२ भदौ ३ गते १६:२६
३ साउन, भैरहवा । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र थरुहट संघर्ष समितिका कार्यकर्ताहरुले रुपन्देहीको भैरहवामा गाडीहरुमा आगजनी गरेका छन् । नेताहरुले शक्ति प्रदर्शन गर्न भन्दै कार्यकर्ताहरुलाई सडकमा उतारेका थिए ।
बन्दको विरोध गर्दै आएका स्थानीय र प्रहरीले बन्दकर्ताहरुलाई बेलहियामा अवरोध गरेका थिए । प्रहरीले लाठीचार्ज गरेपछि स्थिति तनावग्रस्त भएको छ । स्थानीय, प्रहरी र बन्दकर्ताबीच भएको झडपमा दर्जनौं कार्यकर्ता र स्थानीय घाइते भएका छन् । घाइतेहरुको भैरहवा भीम अस्पतालमा उपचार भैरहेको छ ।
बन्दकर्ताहरु बेलहियाबाट भागेपछि भैरहवासीले बन्दकर्ताले प्रयोग गरेका दर्जनौं साइकल र मोटरसाइकलमा आगजनी गरेका छन् । गाउँबाट भैरहवा आएका बन्दकर्ताहरु चढेको २ वटा ट्याक्टरमा समेत आगजनी गरिदिएका छन् ।
त्यसको आक्रोशमा बन्दकर्ताहरुले भैरहवाको बैंकरोडमा २ वटा मोटरसाइकलमा आगजनी गरेका छन् । भैरहवाको सिद्धार्थनगर सिटी हस्पीटलमा पनि समान्य क्षति पुर्याएका छन् ।
0 comments
Write Down Your Responses