प्रीति जिन्टाले लगाइन आफ्नै खेलाडीमाथि म्याच फिक्सिङको आरोप


August 20, 2015
नयाँदिल्ली । आइपिएल टिम किंग इलावेन पञ्जावकी लगानी कर्ता प्रीती जिन्टाले आफनो टिमका खेलाडीहरुले म्याच फिक्सिगं गरेको आरोप लगाएकी छिन् ।

प्रीतीले आफ्ना टिमका केही खेलाडीहरु म्याच हराउन लागि परेको शंका व्यक्त गरेकी छिन् ।
समाचार अनुसार म्याच फिक्सिगंका बिषयमा टिमका केही खेलाडी संग पनि बिवादको भएको बताएकी छिन् ।
प्रीतीले यस विषयमा बिसिसिआइको मिटिङमा किंग एलावेन पञ्जावका केही खेलाडीहरु म्याच फिक्सिङमा सामिल भएको कुरा उठाउदै यस विषयमा छानबिन गर्न उनले बिसिसिआइसंग माग समेत गरेकी छिन् ।
उनले आफनो टिमका केही खेलाडी प्रति शंका लागेकाे  तर  ठोस प्रमाणको अभाबमा कसैको नाम भने सार्वजनीक नगरेको बताइन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.