वामदेवको ठाडो आदेशमा घैंटेको हत्या भयो : सभासद केसी
वामदेवको ठाडो आदेशमा घैंटेको हत्या भयो : सभासद केसी
'घैंटे चार वर्षदेखि नर्मल जीवनमा थिए'
२०७२ भदौ ३
३ भदौ, काठमाडौं । कांग्रेस सभासद जगदीशनरसिंह केसीले कुमार श्रेष्ठ घैंटे निर्दोष रहेको भन्दै उनलाई गृहमन्त्री वामदेव गौतमको ठाडो आदेशमा हत्या गरिएको बताएका छन् ।
चार वर्षदेखि घैंटेले क्रिमिनल काम छाडेर नर्मल लाइफ बिताइरहेको सभासद केसीले बताए । मास्क लगाएर सादा पोशाकमा आएका ५ जनाले खाना खान लागेका बेला घैंटेलाई हत्या गरेर बाहिर ल्याई दोहोरो भिडन्तको नाटक गरेको केसीले आरोप लगाए ।
चार वर्षदेखि आपराधिक क्रियाकलाप छाडेर हाल निर्माण व्यवसायीका रुपमा कमारले काम गरिरहेको सभासद केसीले बताए ।
घटनालगत्तै गोली चलेको स्थलमा पुगेका सभासद केसीले टेलिफोनमा कसैलाई रिपोटिङ गर्दै वामदेव गौतमको ठाडो आदेशमा निर्दोष व्यक्तिको हत्या भएको बताएका थिए ।
‘यो सरासर मानवअधिकार विरोधी काम हो । नागरिकले सामान्य जीवन बिताएर बाँच्न पाउने व्यक्तिमाथि गरिएको यो अपराध हो,’ हत्या भएको स्थलमा पुगेका सभासद केसीले भने,’उसले चाहेको भए त्यहाँ केही हुन सक्थ्यो, तर केही भएन किनभने उसले प्रहरीले समात्छ र समाते पनि केही हुँदैन भन्ने ठानेको थियो ।’
मास्क लगाएर जाने ५ जनाले कुमारलाई मारिसकेपछि भीडन्तका नाममा आकाशतिर फाइरिङ गरेको सभासद केसीले बताए ।
दोहोरो भिडन्तमा गोली चलेको हो : प्रहरी
महानगरी प्रहरी महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले चाँहि घैंटेलाई नियमित चेकजाँचका क्रममा उसको समूहले प्रहरीमाथि आक्रमण गरेको र दोहोरो भिडन्त भएको बताएका छन् ।
यसैवीच सभासद केसीको नेतृत्वमा शिक्षण अस्पताल परिसरमा कुमारको समर्थनमा नाराबाजी सुरु भएको छ ।
0 comments
Write Down Your Responses