घरभित्र मारेर इन्काउन्टर भएको नाटक गरियो: कांग्रेस नेता केसी


 काठमाडौं, भदौ ३
टिचिङ अस्पतालमा घैंटे मारिएको विरोधमा नाराबाजी
बिहिबार बिहान प्रहरीको गोली लागेर मृत्यु भएका गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे‘ मारिएको विरोधमा टिचिङ अस्पतालमा महाराजगञ्जमा अहिले नाराबाजी भइरहेको छ। प्रहरीले गोली हानाहानमा घाइते भएका घैँटेलाई उपचारार्थ अस्पताल ल्याएको थियो।

कांग्रेस नेता जगदीश नरसिंह केसीले गृहमन्त्रीको सिधा आदेशमा प्रहरीले कुमार श्रेष्ठ घैंटेमाथि गोली हानेको बताएका छन्। त्रिवि शिक्षण अस्पतालमा घैंटेको अवस्था बुझ्न पुगेका केसीले पत्रकारहरुसँग भनें ‘मास्क लगाएका र सिभिल ड्रेसमा रहेका पाँच जनाले खाना खाइरहेका घैंटेलाई गोली हानेका हुन्।‘ ‘मारिसकेपछि हवाइ फायर गरेर प्रहरीले दोहोरो गोली हानाहानको नाटक गरेको हो‘ उनले भने।
केसीले घैंटेको हत्या भएको भन्दै यो मानवअधिकार विरोधी भएको पनि बताए। ‘सामान्य जीवन बिताएर बाँच्न पाउने नागरिकको अधिकारको हनन भएको छ‘ केसीले भने ‘उनले अपराध गरेको भए कानुन अनुसार कारबाही गर्नुपथ्र्यो।‘
प्रहरीको गोली लागि मारिएका घैंटे केसी परिवारसँग नजिक थिए।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.