घैंटे मारिएकै दिन अर्का डन पक्राउ
August 20, 2015
काठमाडौं । कांग्रेसका युवा कार्यकर्ता कुमार श्रेष्ठ उर्फ घैंटे मारिएकै दिन प्रहरीले ललितपुरका पुराना ‘डन’ चन्द्रबहादुर पहरीलाई पक्राउ गरेको छ ।
ललितपुरको बडिखेल हत्याकाण्डका अभियुक्त पहरी पक्राउ परेका हुन् । उनले २०६० साल असोज १६ गते बडिखेलमा पाँच जनाको हत्या गरेको आरोप लागेको छ ।
उनले आफल्ना जेठान भानु नगरकोटी सहित पाँच जनाको विभत्स हत्या गरेको खुलेको छ । उृनलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको हो ।
उनले आफ्ना बैनी ज्वाईं, दुई भान्जी र अर्का एकको हत्या गरेका थिए । उनी लामो समयसम्म फरार भएका थिए । विशेष सुचनाका आधारमा प्रहरीले उनलाई पक्रिएको हो ।
0 comments
Write Down Your Responses