आन्दोलनबाट थाके कै हुन् मधेशी मोर्चाका शीर्ष नेता, वार्ताका लागि नौ माग
२०७२ भदौ १२
काठमाडौं, १२ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वार्ताका लागि ४ दलका केही नेताले ल्याएको संविधानको विधेयक तत्काल फिर्ता लिनुपर्नेलगायत ९ बुँदे सर्त अघि सार्ने भएका छन् ।
प्रधानमन्त्री सुशील कोइरालाले बुधबार मोर्चामा आबद्ध दलका नेतालाई वार्ताका लागि समय निर्धारण गरेर पठाएको पत्रको जवाफमा मोर्चाले सर्त अघि सार्ने तयारी गरेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
पत्रमा प्रधानमन्त्रीले शनिबारसम्म वार्तामा आउन आग्रह गरेका छन् ।
औपचारिक बैठक बस्ने भनिए पनि साँझसम्म विरोधसभा चलेकाले हुन नसकेको हो ।
संविधानको मस्यौदामा रहेको संघीय संरचना, सीमांकन, नागरिकता, प्रादेशिक अधिकार, समानुपातिक समावेशी अधिकार, जनसंख्याका आधारमा निर्वाचन क्षेत्रजस्ता महत्त्वपूर्ण मुद्दा जनताको भावनाअनुरूप पुनर्लेखन गर्नुपर्ने सर्तमा रहेको स्रोतले बतायो ।
दैनिक नेपाल

0 comments
Write Down Your Responses