४५ बर्षमा सैफ, ‘पहिले १२ बर्ष जेठी, पछि १० बर्ष कान्छी श्रीमती’


२०७२ साउन ३१ गते १३:५२

बलिउडका चर्चित नायक सैफ अली खान आज आफ्नो ४५ औं जन्मदिन मनाउँदैछन् । सैफले पत्नी करिनासँग जन्मदिन मनाउँदैछन् । सैफ अली खान आफ्नो चलचित्र करिअरसँगै विहे प्रसंगले पनि चर्चामा छन् । उनले नायिका अमृता सिंहसँग बिहे गरे ।

आफू भन्दा १२ बर्ष जेठी अमृताबाट २ सन्तान पनि भयो । तर, सैफले उनीसँग सन् २००४ मा सम्बन्ध बिच्छेद गरेका थिए । यसपछि सैफ बलिउडकी सुन्दरी करिना कपुरसँग रिलेशनमा रहे । उनीहरुले सन् २०१२ मा बिहे गरे । रमाइलो कुरा त के छ भने सैफले पहिलो बिहे आफू भन्दा १२ बर्ष जेठी नायिकासँग गरे भने दोश्रो बिहे आफू भन्दा १० बर्ष कान्छी नायिकासँग गरे ।
सैफ अली खानले सन् १९९२ मा चलचित्र ‘परम्परा’बाट बलिउडमा आफ्नो पाइला राखेका थिए । चलचित्र ‘आशिक आवार’ले उनलाई सन् १९९३ मा फिल्मफेयर अवार्डमा उत्कृष्ट नायकको अवार्ड दिलायो । निर्देशक फरहान अख्तरको चलचित्र ‘दिल चाहता हे’बाट सैफको करिअरमा नयाँ फड्को आएको थियो । ३ साथीको कथावस्तुमा बनेको यो चलचित्रले खुबै चर्चा पायो ।
उनलाई चलचित्र ‘हम तुम’ले सोलो नायकमा पनि सैफ हिट हुन सक्छन् भन्ने चर्चा दियो । यही चलचित्रबाट उनले फेरि ‘फिल्म फेयर’ अवार्ड प्राप्त गरे ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.