आन्दोलनकारीले डढाए जिविस भवन






रौतहट, १४ भदौ ।  आन्दोलनकारीले रौतहट जिल्ला विकास समितिको कार्यालयमा आगजनी गरेका छन्। गौरस्थित समितिको पुरानो कार्यालयको प्राविधिक कक्षमा आन्दोलनकारीले आगजनी गरेको प्रहरीले जानकारी दिएको छ । आगजनीबाट नागरिकताको रेकर्डलगायतका महत्पूर्ण कागजात जलेर खरानी भएको छ ।

प्रहरीले नगरपालिकाको बारुण यन्त्रबाट आगजनी नियन्त्रणमा लिएको जनाएको छ। जिल्ला प्रहरी प्रमुख प्रद्युम्न कार्कीका अनुसार आगजनी गर्नेहरुको खोजी भइरहेको छ। मधेसी मोर्चाले आज १७औं दिन पनि गौर बन्द गराएका छन्। बन्दले यहाँको जनजीवन प्रभावित बनेको छ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.