दुई वर्ष लभ चलेको प्रेमीले ‘किस’ पनि गरेन, विश्वास गर्नुस् कुमारी नै छु : कोमल वली

०६४ सालमा सोचेँ, अब बिहे गर्छु । ऊ अमेरिकामा थियो । टाढाबाट नाता पनि पथ्र्यो । चिनजान पुरानै थियो, दुई वर्षयता हामी धेरै नै नजिकिएका थियौँ । फोनमा गफिन्थ्यौँ, जीवनलाई कसरी अगाडि बढाउने भनेर छलफल गथ्र्यौँ । मलाई भेट्न ऊ वर्षमा दुईपटक नेपाल आउँथ्यो । त्यतिवेलाको अफेयर रमाइलो थियो, हामी बिहे गर्ने निर्णयमा पुगिसकेका थियौँ ।

कन्सर्टहरूमा म रमाइलो गर्छु । त्यहाँ आएका केटाहरूलाई स्टेजबाटै ‘आई लभ यु’ भन्छु, सँगसँगै उनीहरू पनि ‘आई लभ यु टु’ भन्छन् । ‘मसँग बिहे गर्न चाहने गोजीमा गाँठ भाको, मनमा आँट भाको केटा कोही छ’ भनेर सोध्छु । पोइल जान पाम… भनेर गाउँछु । त्यस्तो भिडियो युट्युबमा आएका हुन्थे । ऊ अमेरिका फर्केपछि ती भिडियोहरू हेरेछ । त्यसपछि त एकदम शंकास्पद कुरा गर्ने, घोचपेच गरेर बोल्न थाल्यो । फोनमा पनि राक्षसीपना प्रदर्शन गर्न थाल्यो । पत्रिकामा छापिएका अन्तर्वार्ताबारे पनि तर्क मात्रै गथ्र्यो । बिस्तारै-बिस्तारै झगडा पनि गर्न थाल्यो, तर त्यस्ता कुराको म वास्ता गर्दिनथेँ । पाइला-पाइलामा प्रश्न सोध्थ्यो । म भने उसको बानीदेखि आजित हुन थालिसकेकी थिएँ । मलाई अलिअलि टेन्सन हुन थाल्यो । भेटै कम भयो भने पनि ‘ठीकै छ’ भन्ने लाग्न थालिसकेको थियो ।

उसलाई त मेरो नामसँग पनि ‘इगो प्रोब्लम’ हुन थाल्यो । फोन बिजी हुँदा पनि प्रश्न गथ्र्यो, राति अबेर हुँदा पनि प्रश्न नै गथ्र्यो । हामी सँगै याक एन्ड यती, अन्ना गएर कफी पिउँथ्यौँ, ब्रेकफास्ट, खाना खान्थ्यौँ । त्यहाँ मलाई चिन्ने र मैले चिनेका धेरै मान्छे भेटिन्थे । उनीहरू बोल्न आएपछि मलाई त्यहीँ छाडेर केही नभनी हिँडिदिन्थ्यो । मलाई सबैले चिन्थे, उसलाई कसैले पनि नचिन्ने । सायद उनलाई त्यसमा ‘प्रोब्लम’ थियो ।

केटा साथीहरूलाई ‘उहाँ मेरो साथी (फिहान्से)’ भनेर चिनाउँथेँ, तर ऊ हातै मिलाउँदैनथ्यो । उनीहरू बोल्न आए पनि ऊ कुरै नगर्ने । सायद उसलाई शंका लाग्थ्यो- त्यो मान्छे मेरो पहिलाको ब्वाइफ्रेन्ड हो भनेर । त्यति लामो समय हामीबीच अफेयर चल्यो, तर उसले एकपल्ट पनि मलाई ‘हग’ गरेन । एकपल्ट पनि मेरो ओठमा ‘किस’ गरेन । ऊ नजिकै बस्दैनथ्यो । म आफैं ऊ नजिक टाँसिएर बस्थेँ, ‘के छ त हालखबर’ भनेर सोध्थेँ । अचम्म, त्यसमा पनि उसले शंकाको नजरले हेथ्र्यो, ‘अहो ! यो त अरूसँग पनि यसरी नै बस्छे होला’ भनेर । उसको साइकोलोजी मैले बुझिहाल्थेँ । त्यसपछि म आफैं सतर्क हुन्थेँ । केटीहरू आफ्नो ब्वाइफ्रेन्डसँग लपक्क टाँसिएर बसे भने केटाहरूलाई नकारात्मक सोच पैदा गर्दो रहेछ ।

अंकमाल गर्नु, ‘किस’ खानु अहिले सामान्य कुरा हो । साथीभाइ भेट्दा पनि ‘हग’ गर्छन्, ‘किस’ खान्छन् । त्यो त प्रेम अभिव्यक्ति गर्ने माध्यम नै हो नि । त्यहीमाथि केटाहरू केटीको अलि नजिक आउन खोज्छन् । तर, ऊ त्यस्तो केही नगर्ने भन्यो। सोच्थेँ- किन ऊ मेरो नजिक आउन खोज्दैन ? कतै ममा केही कमजोरी छ कि ? पछि त मलाई ऊमाथि नै शंका लाग्न थाल्यो । ‘पक्कै यो केटोमा केही कमी छ’ जस्तो लाग्न थालेको थियो । होइन भने त्यति लामो प्रेमसम्बन्ध चल्दा पनि कुनै केटाले आफ्नो गर्लफ्रेन्डलाई अंगालो मार्ने, किस गर्ने गर्दैन ?

ऊसँगको सम्बन्धबारे मेरो परिवार र नजिकका साथीभाई सबैलाई थाहा थियो । उनीहरूलाई पनि त्यो केटो मेरा लागि ‘फिट’ छैन भन्ने लागेको रहेछ । दिदीहरू भन्थे, ‘यो मान्छे तिम्रो लागि एकदम फिट छैन । मान्छे राम्रो छ, तर तिम्रो विचार, तिम्रो शैली कुनैमा पनि त्यो फिट हुँदैन । धनसम्पत्ति भएर के गर्छौ ? तिम्रो योसँग जिन्दगी चल्दैन, बिहे नगरी नछाड्ने हो भने यस्तो मेन्टालिटी बनाएर बिहे गर्नु कि योसँग बिहे गर्छु अनि, बच्चा पाएर डिभोर्स गर्छु ।’ सुरुमा दिदीहरूका कुरा नराम्रा लाग्थे । तर, उनीहरूले ठीकै भनेका रहेछन् ।

***विश्वास गर्नुस्, कुमारी नै छु

हरेक मान्छेमा शारीरिक आवश्यकता हुन्छन् । सेक्स (फिजिकल रिलेसन) का लागि बिहे जरुरी छैन । तर, मेरो दृष्टिकोणमा दुईजनाबीच बिहे भएपछि मात्रै यस्तो सम्बन्ध राख्नु राम्रो । प्रेममा हुनासाथ शारीरिक सम्बन्ध पनि हुन्छ भन्ने होइन । म बिहे नगरी प्रेममा सम्बन्ध (फिजिकल रिलेसन) राख्न सक्दिनँ । प्यास लागे न पानी खाने हो । प्यास नलागेको मान्छेले पानी खोजेर त हिँड्दैन नि ।

समाज मोडर्न हुँदै गइरहेको छ । तर, हाम्रो संस्कृति, संस्कार परिवर्तन भएको छैन नि । म इमानदारीपूर्वक भन्छु - ब्वाइफ्रेन्ड बनाएर, शारीरिक सम्बन्ध राखेर बिहे नगर्ने मान्यताको मान्छे म हुँदै होइन । मेरो त ‘क्लियर कट’ कुरा छ, म ब्वाइफेन्ड बनाउँदै, फेर्दै हिँड्दा पनि हिँड्दिनँ । मेरो त्यस्तो क्यारेक्टर पनि छैन । संयुक्त फेमिलीमा बस्छु । विश्वास गर्नुस्, म अझै कुमारी छु । र, गर्वका साथ भन्छु - म संस्कारी र सुसंस्कृत छोरी हुँ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.