१२ बर्षिय छात्रले हाने आफ्नै साथीलाई गोली
अमेरिकाको न्युमेक्सिकोमा एक १२ वर्षीय छात्रले स्कूलमा आफ्ना साथीहरुमाथि गोली चलाउँदा २ जना विध्यार्थी गम्भिर रुपमा घाइते भएका छन् । उनले एउटा ब्याण्डको स
मान राखिएको बाकसबाट शट गन लिएर गोली प्रहार गरेको समाचारमा जनाइएको छ ।
गोली लागी घाइते हुनेमा एक १३ वर्षीय छात्रा र एक १२ वर्षीय छात्र रहेका छन् । अमेरिकाको न्युमेक्सिकोमा रहेको बेरेन्डो मिडल स्कुलमा यो घटना घटेको हो । प्रत्यक्षदर्शीका अनुसार ती छात्रले उनीहरुलाई जिममा रहेको बेला गोली प्रहार गरेका थिए । त्यसपछी एक शिक्षक आएर रोकेपछी मात्र उनले बन्दुक फालेका थिए । साथै उनलाई तत्काल प्रहरीको जिम्मा लगाइएको थियो ।
प्रत्यक्षदर्शीहरुले जनाए अनुसार ती छात्रले सटगनबाट गोली प्रहार गर्दा एक छात्रको अनुहारमा दुई पटक गोली प्रहार गरेको र अर्को छात्राको हातमा प्रहार गरेका थिए । त्यसपछि उनले एक पटक हावामा फायर गर्दै बन्दुकलाई भुइँमा फालेका थिए ।
घाइतेहरुको इस्टर्न न्युमेक्सिको मेडिकल सेन्टरमा उपचार भइरहेको छ । प्रहरीले उक्त घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ भने गोली प्रहार गर्ने र घाइतेहरु नाम गोप्य राखिएको छ । उक्त स्कुल अहिले बन्द गरिएको पनि समाचारमा जनाइएको छ ।
0 comments
Write Down Your Responses