मधेशवादीबीच हानाथाप

                    rajawadi                              सविधानसभामा तीन प्रमुख दलले पहिलो, दोस्रो र तेस्रो स्थानमा कब्जा जमाई सकेपछि अन्य बाँकी दलले चौथो स्थानका लागि विभिन्न कसरतहरु शुरु गरेका छन् । अनेपक्षित रुपमा कमल थापा अध्यक्ष रहेको राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल चौथो शक्तिको रुपमा आएको छ । विगतमा चौथो शक्ति भएर सत्ताभोग गरिसकेका मधेशवादी दलहरु छट्पटिएर अहिले चौथो शक्तिको रुपमा आउनका लागि दिनरात मेहनत गरिरहेका छन् । यसरी एकीकरण गरेर भएपनि मधेशवादी दल चौथो शक्तिको रुपमा आउन लागेको थाह पाएर हाल चौथो शक्तिको रुमपा रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो शक्ति कायम राख्नकै लागि सूर्यबहादुर थापा अध्यक्ष रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकीकरणको पहल शुरु गर्न लागेका हुन् । २४ सीट लिएर चौथो शक्तिको रुपमा सविधानसभामा छिरेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पाँचौ शक्तिमा झार्न मधेशी दलका संस्थापक प्रमुख तीन पार्टी मधेशी जनअधिकार फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र सद्भावना पार्टी एकीकरणको अन्तिम तयारीमा पुगेको छ । यी तीन दलबीच एकीकरण भयो भने २७ सीट हुन्छन् । अहिले पाँचौ शक्तिको स्थानमा विजयकुमार गच्छदार अध्यक्ष रहेका मधेशी जनअधिकार फोरम लोकतान्त्रिक रहेका छन् । तीन मधेशवादी दल मिलेर २७ सीट लिई चौथो शक्तिको रुपमा आउन लागेको थाह पाएर कमल थापा छटपटिएर १४ सीट ल्याएका सूर्यबहादुर थापको पार्टीसँग एकीकरणका लागि पहल शुरु गरेका छन् यी दुई पार्टीबीच एकीकरण भयो भने ३८ सीट हुनेछ जो एकीकृत मधेशवादी दलभन्दा ११ सीटले अगाडि रहने छ । तर यी तीन मधेशवादी दल मिल्दैमा चौथो शक्तिका रुपमा कायम रहन कमल थापाले सूर्यबहादुर थापासँग एकीकरण गर्न लागेको हो भने एकीकरणका लागि फोरम लोकतान्त्रिक, फोरम गणतान्त्रिक, राष्ट्रिय मधेश समाजवादी पार्टीलगायतका दलहरु अझै बाँकी रहेका छन् यी सबै मधेशी दल एक ठाउँमा आए भने चौथो शक्तिबाट कसैले डगमगाउन सक्दैन । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने, पहिला तीन दलबीच एकीकरण हुन्छ अनि मात्र मधेशका अन्य दलसँग छलफल गरी एकीकृत पार्टीमा ल्याउने योजना रहेको बताए । राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङले यी दुई पार्टीबीचको आवश्यकतालाई मध्यनजर गर्दै अनौपचारिक रुपमा एकताका लागि कुराकानी शुरु भएको बताए । मेचीदेखि महाकालीसम्मको जनताको चाहना नै यी दुई दल मिलुन हो, उनले भने, एउटै पृष्ठभूमि र एउटै बिचार भएका दल आपसमा विभाजित भएर बसेमा अरु दलले त्यसको फाइदा लिने सम्भावना भएकाले एकीकरणका लागि छलफल शुरु भएको हो ।’ उनले यस विषयमा नेतृत्व तहमै पनि कुराकानी भएको बताउँदै अगामी दिनमा औपचारिक रुपमा छलफललाई अगाडि बढाउने सहमति भएको जानकारी गराए । राप्रपासँग मात्र होइन कि राष्ट्रवादी सबै दलसँग एकीकरण गर्ने आफ्नो पार्टीको सोच रहेको समेत बताए । तर राप्रपाका प्रचार प्रसार विभागमा रहेका नेता किरण गिरीले यो एकीकरणको बारेमा आफूलाई कुनै जानकारी नआएको बताउँदै यदि यस्तो हो भने एकीकरण सम्भव नहुने प्रतिकृया दिए । कुनैपनि हालतमा एकीकरण हुँदैन, यो सम्भव हुने कुरा नै होइन, गिरीले भने, यो हल्ला उनीहरुले फिजाएको हुनुपर्छ तर आफ्नो पार्टीको तर्फबाट त्यस्तो कुनै कुराकानी भएको छैन ।’ उनले एकीकरण एउटै शर्तमा हुन्छ, उनीहरुले संघीय लोकतान्त्रिक गणतन्त्र स्विकारेपछि मात्र एकीकरण हुने प्रष्ट पारे । - See more at: 

,

0 comments

Write Down Your Responses

Powered by Blogger.