भ्रष्टाचारको बिरोधमा अनसन बस्ने पक्राउ
भ्रष्टाचारको विरोध गर्दै काठमाडौंको बानेश्वरमा अनसन बसेका ५ जना बिहीबार पक्राउ परेका छन् । ‘१०० घण्टे भ्रष्टाचार विरुद्ध अभियान’ ले आयोजना गरेको अनसनमा प्रहरीले हस्तक्षेप गरेको हो ।
प्रहरीले शारदा भुसाल, प्रतीकराज पाठक, बसन्त जोशी, सन्तोष ठकुल्ला र शीर्षक बुढाथोकीलाई पक्राउ गरेको अभियानले जनाएको छ ।
‘हामीले देशमा व्याप्त भ्रष्टाचार अन्त्य हुनुपर्छ भन्ने माग राख्दै शान्तिपूर्ण अनसन गर्दा प्रहरीले हस्तक्षेप गर्यो’ अभियानका संयोजक पाठकले उज्यालो अनलाइनसित भन्नुभयो । अभियानले प्रहरी हस्तक्षेपको बिरोध गरेको छ ।
0 comments
Write Down Your Responses