अमरबहादुरको जीवनरक्षाका लागि सञ्चारमन्त्री युएईमा

युएई, २ जेठ । युनाइटेड अरब इमिरेट्स (युएई) को दुवईमा फाँसीको सजाय पाएर मृत्यु पर्खिरहेका नेपाली कामदार अमरबहादुर बमको सजाय छुटका सम्बन्धमा राजनीतिक तवरमा कुरा गर्न सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजाल युएई पुग्नुभएको छ ।
कामदार बमको फाँसीको सजायका सम्बन्धमा सरकारको प्रतिनिधिका रूपमा सञ्चारमन्त्री रिजालले भोलि शनिबार युएईका सरकारी प्रतिधिनिसँग कुरा गर्नुहुने मन्त्रीका स्वकीय सचिव जितेन्द्र ठकुरीले जानकारी दिनुभयो ।amar bahadur boom
जेनेभामा सम्पन्न विश्व सूचना समाजको सम्मेलनबाट भाग लिई मन्त्री रिजाल नेपाल फर्किने क्रममा आवुधावी विमानस्थलमा युएईका प्रतिनिधिसँग भेटघाटका लागि कार्यक्रम तय भएको छ ।
सञ्चारमन्त्री रिजाल आज स्वदेश फर्किने कार्यक्रम तय भएको भए पनि युएईको प्रतिनिधिसँग भेटपछि आइतबार मात्र फर्किनु हुने बताइएको छ ।
मन्त्री रिजाल गत शनिबार विश्व सूचना समाजको सम्मेलनमा भाग लिन जेनेभा प्रस्थान गर्नुभएको थियो ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.