गोदरेजले कपाल कालो पार्नुहुन्छ ? एकपटक हेर्नुहोस् के हुँदोरहेछ परिणाम

काठमाडौं, असार ४ – कृष्ण बहादुर क्षेत्री ललितपुरको कुपण्डोलस्थित शाक्य विजनेस कम्प्लेक्समा सुरक्षा गार्डका रुपमा काम गर्छन् । ६७ वर्षीयमा पनि निकै फुर्तिका साथ काम गर्ने क्षेत्रीको उमेरसँगै कपाल भने फुलेर सेतै भयो । काम गर्न आउँदा सेतै कपाल लिएर जानुभन्दा उनले आफ्नो कपालमा कालो रंग लगाउने सोँचे । उनले नजिकैको पसलमा गएर गोदरेजको कपालमा लगाउने रंग किने, ढल्किँदो उमेरमा केही राम्रो देखिन्छु कि भन्ने आशमा । तर उनले सोँचेभन्दा ठीक उल्टो भयो, गोदरेजको रंग लाएपछि उनको छालामा 10465863_10203182793224898_335180986_o10469786_10203182792824888_335796100_oनकारात्मक असर देखाउन थाल्यो । कपालको छाला पूरै डढ्यो भने उनको आँखाहरु पुरै सुन्नियो, त्यसपछि उनी बेहोस् जस्तै भए । ‘त्यो लगाएपछि म त वेहोस् जस्तै भएछु । पछि कसले अस्पतालमा लगेर उपचार गराएपछि मात्र होस आयो,’ क्षेत्रीले रातोपाटीलाई बताए । उक्त कम्प्लेक्समा नै रहेकी पूर्व मिस नेपाल तथा ब्युटिसियन रुवी राणा शाहले दिएको जानकारी अनुसार यस्ता सामग्रीमा पाइने एसिड र अन्य रसायनले गर्दा यस्तो भएको बताइन् । ‘जस्तो सुकै ठूलो ब्राण्ड भएपनि मानिसले सावधानी अपनाउनु पर्छ,’ उनले भनिन् । कहिलेकाँही डुप्लिकेट सामग्रीले पनि यस्तो परिणाम देखिने उनले बताइन् । उनका अनुसार क्षेत्रीलाई सर्वाङ अस्पतालमा उपचार गरिएको थियो । उपचारमा १२ हजार रुपैयाँ खर्च भएको थियो । हाल भने उनको स्वास्थ्यमा सुधार आएको छ ।

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.