तीन करोड फिरौती माग्ने अपहकरणकारी पक्राउ

९  असार, विराटनगर ।
राष्ट्रिय वाणिज्य बैंक विराटनगर रानीका कर अधिकृत कृष्ण साहको अपहरण गरी रु तीन करोड फिरौती रकम माग्ने दुई भारतीयसहित चार जनालाई प्रहरीले पक्राउ गरी आज यहाँ सार्वजानिक गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी तनमुना–८ का ३६ वर्षीय हरेश चौधरी, सोनापुर–९ का ३० वर्षीय अनिल चौधरी तथा भारत फार्विसगन्ज मझुवा बस्ने २५ वर्षीय प्रदीप विश्वास र  विहार नरपथगन्ज थाना बस्ने २४ वर्षीय मनोज यादव छन् ।

उनीहरु सबैलाई सुनसरीको साहेबगन्जवाट पक्राउ गरिएको मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज पोखरेलले बताउनुभयो ।  गत जेठ २१ गते कार्यालयबाट सुनसरीको दुहबी घर जाने क्रममा मोरङको टङ्कीसिनवारीबाट साह अपहरणमा परेका थिए ।

अपहृत चार्टर्ड एकाउन्टेन्ट साहलाई प्रहरीले शनिबार राति भारतीय सीमा जोडिएको सुनसरीको साहेबगन्जबाट अपहरणकारीबाट मुक्त गराउन सफल भएको प्रहरी उपरीक्षक पोखरेलले बताए ।

अपहरणकारीले साहलाई मोरङ तथा सुनसरीका विभिन्न सीमावर्ती भारतीय क्षेत्रमा राखेको अवस्थामा प्रहरीको खोजबिन तीव्र बनाएपछि साहेबगन्जमा लुकाइराखेका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रभु ढकालको नेतृत्वमा खटिएको टोलीले अपहरणकारीलाई पक्राउ गरेको हो ।
अपहरणकारीमध्ये चार नेपाली तथा दुई भारतीय फरार रहेको प्रहरीले जनाएको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.