नेपाली कामदारको मृत्युपछि मलेसियाको जेसिवाई कम्पनीमा तोडफोड

भीम तामाङ
१० भदौ, मलेसिया । मलेसियाको जोरबारुस्थित तिब्राउमा रहेको जेसिवाई कम्पनीमा कार्यरत एक नेपाली कामदारको मृत्यु भएपछि त्यहाँ कार्यरत श्रमिकले कम्पनीमाmalesiyaprotest1 तोडफोड गरेका छन् ।malaysia JCY prote1st
कम्पनीमा कामकै क्रममा विरामी भएपछि झापाको चकचेका हर्कबहादुर निरौलाको शुक्रबार मृत्यु भएपछि त्यहाँ कार्यरत अन्य कामदारले निरौलाको उपचारमा कम्पनीले बेवास्ता गरेको भन्दै दुई दिनदेखि काम बन्द गरेका थिए ।
निरौलाको उपचारै नपाई निधन भएको भन्दै हड्तालमा उत्रेका कामदारमाथि कम्पनी मालिकका प्रतिनिधिले आक्रमण गरेपछि कामदारले कम्पनीको गाडीमा आगजनी गर्नुका साथै कम्पनीको ए, बी र सी ब्लकमा तोडफोड समेत गरेका छन् ।
malaysia JCY protestहड्तालमा उत्रेका नेपाली, बंगाली, म्यानमार र भियतनामीसहित करिब ३५ सय कामदार मध्ये २२ जना नेपालीलाई नियन्त्रणमा लिएर जेसिवाईकै बुलाईमा रहेको भवनमा लगेर कम्पनी सञ्चालकले यातना दिएका थिए । आफ्ना साथीहरुमाथि यातना दिएपछि कम्पनीमा रहेका सबै कामदार प्रतिकारमा उत्रेका थिए ।
कम्पनीले उपचारमा लापरबाही गर्दा हर्कबहादुरको मृत्यु भएपछि काम ठप्प पारेका कामदारको माग पूरा गर्न कम्पनी सहमत भएपछि ३ दिनसम्म ठप्प काम सोमबारबाट काम शुरु भएको थियो ।
काम शुरु गरेपछि आन्दोलनको अगुवाई गरेको भन्दै २२ जना नेपालीलाई नियन्त्रणमा कम्पनी मालिकले लिएर यातना दिएपछि कामदारले मंगलबार विहान कम्पनीमा तोडफोड र आगजनी गरेका हुन् ।
कामदारले कम्पनीको भवनमा तोडफोड र ढुंगामुढा गरेपछि कम्पनीको गेटमा करिब डेढ सयजना दंगा प्रहरी परिचालन गरिएको छ । आन्दोलनमा उत्रेका कामदारले बन्दमा काम गरेको भन्दै दुईजना बंगालीलाई कुटपिट गरेका छन् ।
घटनाबारे बुझ्न दूतावासका कर्मचारी कम्पनीमा आउँदैछन् । दंगा प्रहरी परिचालित भएकाले कम्पनीको अवस्था अहिले सामन्य बन्ने क्रममा छ ।

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.