एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालले सरकार गिराउने खेल शुरु भएको भान भएको भन्दै चिन्ता प्रकट गरेका छन् । प्रकाशले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकार गिराउनतिर लाग्न भन्दा संविधान बनाउन ध्यान दिन आग्रह समेत गरेका छन् । केपी ओलीले प्रधानमन्त्री बन्ने आकाँक्षा राखेकोतर्फ इङ्गित गर्दै प्रकाशले सिंह दरवारमा फोटो झुण्ड्याउँदैमा केही नहुने समेत टिप्पणी गरेका छन् । सुशील कोइरालाकै नेतृत्वमा संविधान जारी गर्न सबै लाग्नु पर्ने आह्वान समेत उनले गरेका छन् । फेसबुक स्टेटसमा उनले भनेका छन् 'सरकार गिराउने खेल सुरु भएको भान गरि रहेको छु । केपी ओली सर हामी यहि सरकारलाई निरन्तरता दिएर जनताले चाहेको संबिधान बनाई अघि बढे हून्न र ? सरकार प्रमुख भई सिंहदरबारमा फोटो झुण्डाउदैमा केहि हून्न ! बरु जनताले चाहेको संबिधानको घोषणा गरे ३ करोड नेपालीको मूटुमा बस्न सकिन्छ । एमालेका नेतागण सिंहदरबारमा फोटो झुण्डाउने कि ३ करोड नेपालीको मुटूमा फोटो झुण्डाउने । यस्तो फोहोरी खेलमा नलाग्दा ठिक होला कि ? माघमै संबिधान जारी गर्न सबै लागौं सुशिल बा कै नेतृत्वमा ।।।' समय समयमा प्रकाशले राजनीतिक नेताहरुलाई सल्लाह तथा सुझाव दिने गरेका छन् । त्यस्ता सुझाव सल्लाह चर्चा र विवादमा समेत आउँछन् ।
प्रचण्ड पुत्रको ओलीलाई उपदेश सिंहदरबारमा कि ३ करोड नेपालीको मुटूमा फोटो झुण्डाउने ??
Powered by Blogger.
0 comments
Write Down Your Responses