१० भदौ, काठमाडौ । ‘बा म काठमाडौ आइपुगें ।’ मलेसियामा ११ महिना बन्दी जीवन बिताएका रुपन्देहीका मनोज कुँवरले सोमवार काठमाडौ ओर्लिनेवित्तिकै आफ्ना पिता लाई फोन गरे ।
बुबाको मुख हेर्ने कुशेऔंसीकै दिन परदेशको जेलमा रहेका छोराको स्वर सुन्न पाउँदा बुबाले फोनमै डाँको छाडेपछि मनोजले पनि आफूलाई थाम्न सकेनन् । नेपाल एयरलाइन्सको उडानबाट विहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिदा काठमाडौमा सबेरैदेखि दर्केको पानी विस्तारै टिपटिपाई रहेकै थियो । यात्रु छाड्न र लिन आएकाहरुले छाता बन्द गरेकिा थिएनन् । गाडीमा वाइफर चलिरहेकै थियो ।
११ महिनापछि एकअर्काको स्वर सुनिरहेका बाबुछोराको आँखाबाट पनि अविरल साउन-भदौ बर्सिदै थियो । ‘म आइपुगें बा ।’अवरुद्ध लगा सफा गर्दै मनोजले फेरि भने । ‘आजकै दिन तेरो स्वर सुन्न पाइयो,’ ५८ वर्षका पिता चन्द्रबहादुर पनि सुक्सुकाए, ‘अब छिट्टै घर आइज, यहाँ हामी सवै तँलाई कुरिरहेका छौं ।’ मनोजले केही जवाफ दिन सकेनन्, सायद उनीसँग थिएन ।
उनी घरका कति धेरै गर्जो टार्ने सपना साँचेर परदेसिएका थिए होलान् ! घरको छत टाल्नु थियो होला ! बुढेसकाल लागेका पिताको औषधीउपचार गर्नु थियो होला ! यी सवै चाहनाका लागि छोराले मलेसियाबाट पठाउँने पैसाकै प्रतिक्षा थियो होला ! दुई वर्षअघि वैदेसिक रोजगारीका लागि मलेसिया पुगेका मनोज भने सोमवार नेपाल फिर्दा एकसरो कपडा थिएन ।
रुपन्देही रुद्रपुरबाट सोमवार विहानै काठमाडौ आइपुगेकी मनोजकी पत्नी र बहिनीका लागि उनको एक झल्को नै लाख बराबर भयो । सम्बन्धको प्रगाढतासामु साँचेका सवै इच्छा गौण हुने नै भए । मलेसियाली सरकारले ‘गैरकानूनी रुपमा बसेको’ भन्दै धरपकड गर्दा पक्राउ परेका कुँवरसहित १० जनालाई नपाली दूतावासले त्याहाँको किङ्लिङ् जेलबाट उद्धार गरि स्वदेश फर्काएको नागरिक दैनिकमा खबर छ ।
मलेसिया जेलबाट १० नेपालीको उद्धार, कमाउन गएका रित्तै फर्किए
Powered by Blogger.
0 comments
Write Down Your Responses